April 20, 2025

दुर्गा प्रसाईँविरुद्ध ३ मुद्दा दर्ता, १२ दिन हिरासतमा राख्न अनुमति

April 11, 2025
- ADVERTISEMENT -

काठमाडौँ / मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध ३ वटा मुद्दा दर्ता भएको छ ।

राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

एसएसपी अधिकारीले अनुसन्धान गर्दै जाँदा उनी विरुद्ध अन्य कसुर पनि आकर्षित हुनसक्ने बताए ।

तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ बिहीबार भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

भारतीय राज्य आसामको प्रहरीद्वारा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ परेका उनी शुक्रवार नेपाल–भारत सीमाबाट नेपाल प्रहरीलाई बुझाइएको हो ।

१२ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

शुक्रवार प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता अपिलराज बोहराका अनुसार प्रहरीले माग गरेको १२ दिनको अनुसन्धान अवधिलाई जिल्ला अदालतले स्वीकारेको हो ।

- ADVERTISEMENT -