April 25, 2025

सुरक्षामा खटिएका एक सैनिकको गोली लागेर मृत्यु

April 12, 2025
file photo.
- ADVERTISEMENT -

चितवन / चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका एक नेपाली सैनिकको गोली लागेर मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२२ मा रहेको श्री नयाँ गोरख गण कसरा ब्यारेकमा हतियार सफा गर्ने क्रममा गोली लागेर २२ वर्षीय चन्द्र किशोर दासको मृत्यु भएको हो ।

शुक्रबार बिहान ९ बजे हतियार सफा गर्दा दाहिने तिघ्रामा गोली लागेका जवान दास गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले गोली लागेर सैनिकको मृत्यु भएको पुष्टि गरे । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले दाहिने तिघ्रामा गोली लागेका थारूको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जानकारी दिए । घटनाको थप अध्ययन गरिनेछ ।

- ADVERTISEMENT -