April 20, 2025

भाटभटेनीमा लुटपाट गर्ने ८ जना रिहा, आगलागी र तोडफोडमा संलग्न व्यक्ति नहुने

April 13, 2025
- ADVERTISEMENT -

काठमाडौँ / राजावादी आन्दोलनका क्रममा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थालेका छन् ।

गत चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट चोरी तथा लुटपाट गरेको आरोपमा पक्राउ परेकाहरू छुट्न थालेका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार जिल्ला अदालतले उनीहरूलाई हाजिर जमानीमा रिहा गर्न आदेश गरेपछि घर पठाइएको हो ।

स्याउ, रक्सी, लत्ताकपडा, कोल्डड्रिंक्स चोर्नेहरूलाई विभिन्न मितिमा प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाडौँमा बुझाएको थियो ।

जसमध्ये ८ जना कसुरको मात्रा कम भएको भन्दै घर गइसकेका छन् ।

नियतवश नभएर लहलहैमा त्यस्तो गरेको पाइएको अधिकारीले बताए । उनले केही दिन हिरासतमा राख्नु नै उनीहरूका लागि ठूलो सजाय भएको बताए ।

अधिकारीले भने, ‘त्यसपछि अदालतले पनि धरौटी नमागी आफन्तको जिम्मामा बुझाइदिन भन्यो ।’

आपराधिक उपद्रव मुद्दा चलाइएका अन्य कसुरदार भने प्रहरी हिरासतमै छन् ।

आगलागी र तोडफोडजस्ता कसुरमा संलग्न व्यक्ति भने अहिल्यै रिहा नहुने उनले बताए ।

- ADVERTISEMENT -