२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पुष्पाञ्जली अस्पतालमा रु १५ सयमा ल्याबसहित स्वास्थ्य परीक्षण

प्रकाशित मिति : २०८२ बैशाख ३ गते

चितवन । गुणस्तरीय स्वास्थ्य सेवाको लागि परिचित भरतपुर १० स्थित पुष्पाञ्जली अस्पतालले विरामी तथा सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज घोषणा गरेको छ ।

अस्पताल १७ बर्ष पुगेको अवसर पारेर एक कार्यक्रमका बीच प्याकेज ए, प्याकेज बी, प्याकेज सी सुविधाको घोषणा गरेको हो । जसअनुसार प्याकेज ए अन्तर्गत र्याण्डम ब्लड सुगर, क्रिटिनाइन , लिपीड प्रोफाइल, इसिजी , युरिन रुटिन र चिकित्सक परामर्श हुनेछ ।
प्याकेज बी अन्तर्गत युएसजी एबीडी, एण्ड पेल्भिस, टीएसएच, सिबीसी समेतका परीक्षण हुनेछ र प्याकेज सी अन्तर्गत एसजीपीटी, एसजीओटी, एचबीएवनसी, पीएफटी र छातीको एक्सरे सुविधा रहेको अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

प्याकेज ए का लागि रु १ हजार पांँचसय, प्याकेज बी का लागि ३००० रुपैंया र प्याकेज सी का लागि ६००० रुपैंया कायम गरिएको छ ।

गत बर्षदेखि नयाँ भवनमा सरेको पुष्पाञ्जली अस्पतालले अत्यधुनिक अपरेसन थेटर, आइसीयु , ल्याब सुविधा , न्युरो सर्जन सुविधा सहित डेड बडी फ्रिजरको समेत सुविधा दिन सक्षम रहेको प्रबन्ध निर्देशक अधिकारीले बताउनु भयो ।

यो प्याकेज सुविधा लिन छुट सम्झौता भएका संस्थाका सदस्यहरु र आम नागरिकको हकमा आफ्नो जन्मदिन खुल्ने कागजपत्र हुनुपर्नेछ ।

अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले नयाँ वर्षसँगै अस्पताल १७ बर्ष पुगेको अवसरमा सय बेड सहित सबै भौतिक संरचना सहित प्रविधियुक्त भएको जानकारी दिनुभयो ।

चितवनमै दक्ष न्युरोलोजिष्ट सहित अस्पतालले न्यूरो सर्जन सेवा शुरु गरिएको डा. अधिकारीले बताउनु भयो । दक्ष चिकित्सक, अत्यधुनिक प्रविधि तथा सम्पुर्ण सेवा सहित पुष्पाञ्जली अस्पताल चितवनको नमुना अस्पताल भएको डा. अधिकारीको भनाई छ ।
जनतासँग अस्पताल कार्यक्रम अन्तर्गत हालसम्म ४०० सय भन्दा बढी ठाउंँमा स्वास्थ्य शिविरको आयोजना गरिसकिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सामाजिक एकाई प्रमुख केदार सुबेदीले अस्पतालले एकबर्षम गरेका शिविर तथा अन्य संस्थासँग गरिएका सम्झौताका बारेमा जानकारी दिनु भएको थियो ।

अस्पतालका नवनियुक्त न्युरो सर्जन डा. कुमार पौडलले न्युरो सम्बन्धि उपचारका लागि काठमाडौं जाने बाध्यता हटाउने बताउनु भयो । पुष्पाञ्जली अस्पताल जस्तो राम्रो टीमसंँग काम गर्न पाउंँदा खुशी लागेको बताउंँदै उहांँले गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अस्पतालका सल्लाहाकार संयोजक एवं शिक्षा विद चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार सदस्य लक्ष्मण अर्यालले अस्पतालको टीमले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45