२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

प्रकाशित मिति : २०८२ बैशाख ४ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / मकवानपुरको मनहरी गाउँपालिका(६ सुनाचुरीस्थित पूर्व(पश्चिम राजमार्गमा आज (बिहीबार) बिहान भएको बस दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको यात्रुबाहक बस सडकबाट करिब १० मिटर तल खस्दा यात्रुहरू घाइते भएका हुन् ।

घटनापछि तत्काल उद्धार गरिएको घाइतेहरूलाई चितवनस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बस चालक २९ वर्षीय राकेश चौधरी, जो बाराको कोल्बी नगरपालिका–११ का हुन्, उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -