२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, प्रहरीद्वारा खोका बरामद

प्रकाशित मिति : २०८२ बैशाख ५ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । बिहीबार राति करिब ११स्३० बजे मायादेवी गाउँपालिका(१ स्थित आफ्नै घरको परिसरमा उनलाई लक्षित गरी गोली हानिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार अध्यक्ष चौधरी राति शौचालयबाट फर्किँदै गर्दा घरको गेटबाहिरबाट कसैले गोली चलाएको बताएका छन् । घटनास्थलमा पेस्तोलको गोलीको खोका फेला परेको छ ।

अध्यक्ष चौधरी भने घटनामा कुनै चोटपटक नलागी सकुशल रहेका छन् । ‘उहाँ सुरक्षित हुनुहुन्छ,’ डिएसपी अधिकारीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

यद्यपि अध्यक्ष चौधरी शुद्धोधन गाउँपालिकाको अध्यक्ष भए पनि उनी मायादेवीस्थित आफ्नै घरमा बसोबास गर्दै आएका छन् । प्रहरीले घटनाको प्रकृति, कारण र संलग्न व्यक्तिको पहिचानका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

- ADVERTISEMENT -