२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

देशको चार प्रदेशमा वर्षा

प्रकाशित मिति : २०८२ बैशाख ६ गते
- ADVERTISEMENT -

काठमाडौं / हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायु प्रणालीको सक्रिय प्रभाव देखिएको छ, जसको कारण देशको विभिन्न भू–भागमा मौसम परिवर्तनशील बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूमा अहिले आंशिकदेखि साधारणतया बदली भएको मौसम देखिएको छ, भने बाँकी प्रदेशहरूमा मौसम प्रायः सफा छ ।

हाल कोसी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा समेत हल्का वर्षा जारी छ । यसैगरी, सुदूरपश्चिमका डडेलधुरा, कञ्चनपुर र बैतडीमा पनि यस्तै अवस्था देखिएको छ ।

महाशाखाले दिएको जानकारीअनुसार, मौसम प्रणाली पूर्वतिर सर्दै गइरहेको छ, जसले गर्दा कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पनि निकट भविष्यमा वर्षा सम्भावित छ ।

आज कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । साथै, उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपातको पनि अनुमान गरिएको छ ।

रातको समयमा पनि यी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णालीको पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।

मौसममा हुने यस्ता परिवर्तनले कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले मौसम विभागले सतर्क रहन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

- ADVERTISEMENT -