२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशको चार प्रदेशमा वर्षा

प्रकाशित मिति : २०८२ बैशाख ६ गते

काठमाडौं / हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायु प्रणालीको सक्रिय प्रभाव देखिएको छ, जसको कारण देशको विभिन्न भू–भागमा मौसम परिवर्तनशील बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूमा अहिले आंशिकदेखि साधारणतया बदली भएको मौसम देखिएको छ, भने बाँकी प्रदेशहरूमा मौसम प्रायः सफा छ ।

- ADVERTISEMENT -

Advertisement

हाल कोसी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा समेत हल्का वर्षा जारी छ । यसैगरी, सुदूरपश्चिमका डडेलधुरा, कञ्चनपुर र बैतडीमा पनि यस्तै अवस्था देखिएको छ ।

महाशाखाले दिएको जानकारीअनुसार, मौसम प्रणाली पूर्वतिर सर्दै गइरहेको छ, जसले गर्दा कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पनि निकट भविष्यमा वर्षा सम्भावित छ ।

आज कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । साथै, उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपातको पनि अनुमान गरिएको छ ।

रातको समयमा पनि यी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णालीको पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।

मौसममा हुने यस्ता परिवर्तनले कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले मौसम विभागले सतर्क रहन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85