काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बिचको निर्णायक खेल रद्द भएको छ ।
आज (शनिवार) बिहान भएको वर्षाका कारण खेल रद्द भएको हो । यससँगै नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ ।
वर्षाका कारण भिजेको मैदान करिब ५ घण्टासम्म सुकाउने काम गरिए पनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेको थियो ।
अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरे । यसअघिको समूह चरणमा दुवै टोलीले समान ३–३ खेल जितेका थिए ।
वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकएक अंक बाँडे । छनोटमा दुवैले समान ७ अंक जोडे । तर, रनरेट धेरै हुँदा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भयो ।