२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

रास्वपाकी सांसद सुमनाको व्यंग्य– राजीनामा त प्रधानमन्त्रीको आउनुपर्ने हो !

प्रकाशित मिति : २०८२ बैशाख ९ गते
- ADVERTISEMENT -

काठमाडौं / शिक्षामन्त्री विद्या भट्टराईको राजीनालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा व्यंग्य प्रहार गरेकी छन् ।

श्रेष्ठको सचिवालयद्वारा फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको । तर, ‘त्यो पर्दैन’, हैन त रु’ भन्दै सरकारको नेतृत्वप्रति असन्तुष्टि जनाइएको छ ।

शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष पदबाट राजीनामा दिएकी हुन् । शिक्षक आन्दोलन उत्कर्षमा पुगेका बेला उनको राजीनामा सार्वजनिक भएको हो ।

शिक्षा क्षेत्रको सुधार, विद्यालय शिक्षा विधेयक र निजी क्षेत्रको संलग्नता सम्बन्धी विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच लामो समयदेखि मतभेद रहँदै आएको थियो । पार्टीको बैठकमा समेत भट्टराईले प्रधानमन्त्रीले शिक्षा विधेयकका सन्दर्भमा जथाभावी बोल्दै आएको भन्दै खुलेर असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीले निजी विद्यालयमा लगानीलाई प्रोत्साहित गर्ने र सरकारी लगानी सुरक्षित राख्नुपर्ने धारणा राखेपछि शिक्षामन्त्री त्यसप्रति असहमत देखिएकी थिइन् । ती मतभेदहरू अन्ततः राजीनामासम्म पुगेको अनुमान गरिएको छ ।

- ADVERTISEMENT -