२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

जम्मूकश्मीर आक्रमण : बुटवलका न्यौपानेको मृत्यु

प्रकाशित मिति : २०८२ बैशाख १० गते
फाइल तस्बिर ।
- ADVERTISEMENT -

काठमाडौं / भारतको जम्मूकश्मीरस्थित पहलगाम क्षेत्रमा मंगलबार भएको आतंकवादी आक्रमणमा परि एक नेपाली युवाको मृत्यु भएको छ । आक्रमणमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ निवासी २७ वर्षीय सुदीप न्यौपानेको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको हो ।

सुदीप धरानस्थित एक कलेजमा पब्लिक हेल्थ विषयमा अध्ययनरत थिए । उनी हाल आमा रिमा पाण्डेसँग बुटवल(११, कालिकानगरमा बस्दै आएका थिए । उनी केही दिनका लागि आफ्नी आमा, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्ले सहित घुमघामका लागि कश्मीर गएका थिए । तर, सोही यात्राका क्रममा उनी आक्रमणको शिकार बनेका हुन् ।

सुदीपसँगै कश्मीर पुगेका अन्य आफन्त भने सकुशल रहेको वडाध्यक्ष तथा सुदीपका काका दधिराम न्यौपानेले जानकारी दिए । उनकाअनुसार शवलाई कश्मीरबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

- ADVERTISEMENT -