२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिकाद्वारा एमसीसी परियोजना बन्द गर्ने तयारी, ४० देश प्रभावित हुने

प्रकाशित मिति : २०८२ बैशाख ११ गते

काठमाडौं । विकासशील मुलुकहरूको आर्थिक समृद्धिलाई टेवा दिने उद्देश्यले सुरु गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अमेरिकाले बन्द गर्ने तयारी थालेको छ ।

संघीय खर्च कटौती गर्ने योजनाअन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकारी कार्यक्षमता विभाग (डिपार्टमेन्ट अफ अप्टिमाइजेसन अफ गवर्नमेन्ट-डोज) ले यो निर्णयको सुरुवात गरेको सीएनएनले उल्लेख गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

एजेन्सीका कर्मचारीहरूलाई मंगलबार इमेलमार्फत जानकारी दिइएको छ, जसअनुसार मे ५ बाट अधिकांश कर्मचारीलाई ‘अनपेड लिभ’ मा राखिनेछ ।

कार्यवाहक प्रमुख कार्यकारी (एक्टिङ्ग सीईओ) बाहेक अन्य सबै कर्मचारी हटाउने तयारी गरिएको छ । यो सूचना डोजले एमसीसीको नियन्त्रण लिन थालेको एक हप्तापछि आएको हो ।

एमसीसी नेपालमा पनि हालसालै सञ्चालनमा आएको छ, तर यसले नेपालको परियोजनामा के असर पार्नेछ भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी दिइएको छैन । 

अमेरिकी प्रशासनको यो कदमलाई पोलिटिको अनलाइनले अमेरिकी विदेश सहायता कार्यक्रममाथिको पछिल्लो प्रहारको रूपमा हेरेको छ । यसअघि यूएसएआईडी पनि यस्तो प्रहारको सिकार भइसकेको थियो ।

एमसीसीले हालसम्म ४० भन्दा बढी विकासशील देशहरूसँग सहकार्य गर्दै आएको थियो, र वर्तमानमा २० देशमा करिब ५.४ अर्ब डलर बराबरको परियोजना कार्यान्वयन चरणमा छन् । 

अमेरिकी कांग्रेसले सन् २००४ मा स्थापना गरेको यो एजेन्सीलाई विश्वकै पारदर्शी द्विपक्षीय सहयोग निकायको रूपमा चिनिन्छ ।

एमसीसी परियोजना बन्द भएमा नेपालजस्ता मुलुकमा पूर्वाधार विकास र आर्थिक सुधारको लक्ष्यमा गम्भीर असर पर्न सक्ने विश्लेषण गरिँदैछ । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भनेर लामो समसम्म विवाद र बहस भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09