२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

चितवनका सात जना फोनिजकर्मीलाई बधाई ज्ञापन

प्रकाशित मिति : २०८२ बैशाख १३ गते
- ADVERTISEMENT -

चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले विभिन्न पदमा पुगेका आफ्ना सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । 

भरतपुर–११, नौरङ्गेस्थित फोनिज चितवनको कार्यालयमा भएको कार्यक्रममार्फत शुक्रबार सात जना फोनिजकर्मीलाई बधाई ज्ञापन गर्दै प्रशंसापत्र प्रदान गरिएको हो । 

फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङका फोनिजको सङ्घीय महाधिवेशनमार्फत खुला सचिव पदमा निर्वाचित फोनिज चितवनका पूर्वअध्यक्ष सन्दीपकुमार श्रेष्ठसहित थारु पत्रकार संघ नेपाल सङ्घीय समितिका अध्यक्ष बन्न सफल फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरीलाई प्रशंसापत्र प्रदान गर्दै बधाई ज्ञापन गरिएको हो । 

यस्तै फोनिजको सङ्घीय सदस्य दानबहादुर गुरूङ, थारु पत्रकार संघ नेपाल सङ्घीय कोषाध्यक्ष कारी महतो, फोनिज वागमती प्रदेशमा सचिव हीरालाल गुरूङ, वागमती प्रदेशमा तामाङ भाषा अनुवादक फोनिज चितवनका पूर्वकोषाध्यक्ष ज्ञानेन्द्र तामाङ र सञ्चारिका समूह चितवनकी अध्यक्ष कालिका एफएमकी पत्रकार गीता गुरूङलाई पनि प्रशंसापत्रमार्फत बधाई ज्ञापन गरिएको फोनिज चितवनका अध्यक्ष गुरूङले जानकारी दिए । 

उनीहरुलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष महेन्द्र दुरा, नेपाल आदिवासी जनजाति युवा महासंघ (वाइफिन) चितवनका निवर्तमान अध्यक्ष एवम् भरतपुर महानगरपालिका वडा नं.११ का जनप्रतिनिधि सागर कुमाल, फोनिज वागमती प्रदेशका निवर्तमान उपाध्यक्ष राजेश रुम्बा तामाङलगायतको उपस्थितिमा बधाई ज्ञापन गरिएको हो । कार्यक्रममा फोनिज चितवनका उपाध्यक्ष उर्गेन तामाङले स्वागत मन्तव्य दिएका थिए।

- ADVERTISEMENT -