२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अर्थ र गृह मन्त्रीसमेत सहभागी शिक्षकसँगको वार्ता निष्कर्षबिहीन

प्रकाशित मिति : २०८२ बैशाख १७ गते
file photo.

काठमाडौं / सरकार र नेपाल शिक्षक महासंघबीच शिक्षक आन्दोलन अन्त्यको प्रयासस्वरूप जारी वार्ता फेरि निष्कर्षविहीन बनेको छ । मंगलबार राति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सम्पन्न वार्ता बिना ठोस सहमति टुंगिए पनि दुवै पक्षले छलफल सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।

शिक्षामन्त्री रघुजी पन्तले वार्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै, ‘शिक्षक महासंघसँगको संवाद सकारात्मक ढंगले अघि बढेको छ। वार्ता जतिसक्दो छिटो निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौं,’ भनेका छन् ।

- ADVERTISEMENT -

Advertisement

शिक्षक महासंघ पनि वार्तामा सकारात्मक शैलीमा प्रस्तुत भएको मन्त्री पन्तले बताए । मङ्गलबार राति ८ बजेदेखि सुरु भएको वार्ता साढे १० बजेसम्म चलेको थियो । वार्तामा शिक्षामन्त्री पन्तसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकको समेत सहभागिता रहेको थियो ।

शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीले वार्तामा भाग लिएको थियो । यसअघि सोमबार पनि सरकार र महासंघबीच छलफल भएको थियो, जुन दुवै पक्षले सकारात्मक भएको बताएका थिए ।

महासंघले आफ्नो पेशागत तथा श्रम अधिकारसम्बन्धी विभिन्न मागहरू राख्दै गत चैत २० गतेदेखि आन्दोलन थालेको हो । आन्दोलनले देशभरका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनाएको छ, जसका कारण शैक्षिक सत्र २०८२ को सुरुवातदेखि नै कक्षाहरू नियमित सञ्चालनमा आउन सकेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45