काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी डिल्लीबजार कारागार चलान भएका छन् ।
प्रज्ञा भवन परिसरबाट पक्राउ परेका चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको हो ।
२०७२ भदौमा टीकापुरमा भएको घटनाका कारण चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा उनी डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।
चौधरीले न्यूनतम सजाय भुक्तान नगरेकाले उनलाई पक्राउ गर्न सर्वोच्चले आदेश दिएको थियो ।
कारागारको रेकर्डमा उनले न्यूनतम सजाय भुक्तानी नगरेको पाइएपछि सो आदेश दिइएको हो । बाँकी सजाय भुक्तानी गर्न उनलाई कारागार पठाइएको प्रहरीले जानकारी दिए ।