२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अछामकी उपप्रमुख शाहीसहित तीन जना पक्राउ

९७ जनाविरुद्ध ८ वटा मुद्दा दर्ता
प्रकाशित मिति : २०८२ बैशाख २२ गते

काठमाडौं / अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा स्थानीय तह निर्वाचनको बेलादेखि सुरु भएको राजनीतिक विवाद झन् चर्किँदै गएको छ । सोही घटनाक्रमसँग जोडिँदै जिल्ला समन्वय समिति अछामकी उपप्रमुख दानमती शाहीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि अमानवीय तथा अपमानजनक व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।

उपप्रमुख शाही नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि हुन् । २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको दिन कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपपछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन । निर्वाचनको क्रममा सुरु भएको विवाद क्रमशः हिंसात्मक रूप लिँदै गएको र त्यसकै सिलसिलामा कांग्रेस र एमाले कार्यकर्ताबीच पटक–पटक झडप भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

यही झडपसँग सम्बन्धित रूपमा पञ्चदेवल विनायक–४ निवासी १३ वर्षीय विनोद शाहीको रहस्यमय मृत्युको घटनाले थप राजनीतिक र सामाजिक तरंग उत्पन्न गरेको थियो । २०७९ जेठ २१ गते घरनजिकैको जंगलमा मृत अवस्थामा फेला परेका शाहीको मृत्युको दोषारोपण दुबै राजनीतिक पक्षबीच जारी छ। एमाले कार्यकर्ताले कांग्रेस पक्षमाथि हत्या आरोप लगाउँदै आएको छ भने कांग्रेसले आरोप अस्वीकार गर्दै प्रतिवाद गर्दै आएको छ ।

उक्त घटनालाई लिएर जिल्ला अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा फागुन १८ गते दुबै पक्ष अदालत परिसरमा उपस्थित हुँदा विवाद झनै चर्किएको थियो । आपसी झडपका क्रममा उपप्रमुख शाही पक्षकी द्रोपति शाही घाइते भइन् भने अर्का साक्षी दिनेश नेपालीमाथि जातीय गालीगलौज गरिएको आरोपमा छुवाछूतसम्बन्धी मुद्दा समेत दर्ता भएको हो ।

पछिल्लो समय बखत शाही, गणेश शाही, रमेश शाही, देवेन्द्र शाही र ललितबहादुर शाहीविरुद्ध अमानवीय व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएपछि रमेश, देवेन्द्र र ललितबहादुर शाही जनही १ लाख २५ हजार धरौटीमा रिहा भएका थिए। फरार रहेका बखत र गणेश शाही पनि अदालतमा उपस्थित भई क्रमशः २ लाख २५ हजार र १ लाख २५ हजार धरौटीमा छुटेका थिए ।

उनीहरूकै जाहेरीका आधारमा उपप्रमुख शाहीविरुद्ध मुद्दा दर्ता गरिएपछि वैशाख १७ गते प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार, पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा निर्वाचनपछिको द्वन्द्वका कारण हालसम्म ९७ जनाविरुद्ध फरक–फरक प्रकृतिका ८ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । ‘१० वर्ष मुनिका बालबालिकाबाहेक गाउँका सबै नागरिकको नाममा कुनै न कुनै मुद्दा परेको अवस्था छ,’ उनले बताए, ‘मेलमिलाप प्रयास असफल भएपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढाएको हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45