२०८३ श्रावण १, शुक्रबार
July 17, 2026
२०८३ श्रावण १, शुक्रबार
July 17, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाकिस्तानद्वारा ड्रोन र मिसाइलले रातभर आकाशमा हमला र रक्षा

प्रकाशित मिति : २०८२ बैशाख २६ गते
file photo

काठमाडौं / भारत–पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेको छ । लगातार दोस्रो दिन बिहीबार राति पाकिस्तानले ड्रोन र मिसाइल आक्रमणमार्फत् भारतका विभिन्न संवेदनशील क्षेत्रहरूलाई निशाना बनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । जम्मु–कश्मीर, पञ्जाब, राजस्थान र गुजरातका अनेकौं स्थानहरूमा यी आक्रमणहरू भएको पुष्टि गरिएको छ ।

भारतीय सेनाका अनुसार पाकिस्तानले आत्मघाती ड्रोनसहित आठवटा मिसाइल आरएसपुरा, सतवारी, साम्बा र अरनियातर्फ दागेको थियो । तर भारतले अत्याधुनिक एस–४०० एयर डिफेन्स प्रणाली प्रयोग गरेर सबै आक्रमण निष्फल बनाएको दाबी गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि बुधबार राति पनि जम्मु र पठानकोटका सैन्य ठेगानाहरूमा पाकिस्तानले आत्मघाती ड्रोनमार्फत आक्रमण गरेको थियो । लगातार दुई दिनसम्म उही स्थानहरूलाई पुनः लक्षित गर्दै आक्रमण गरिएको रक्षा स्रोतहरूले जनाएका छन् ।

कश्मीर सीमा क्षेत्रमा गोली हानाहान
यसैबीच, कश्मीरको आरएसपुरा सेक्टर, कुपवाडा र बारामुल्ला नजिक नियन्त्रण रेखा (एलओसी) आसपास पाकिस्तानबाट गोली प्रहार गरिएको भारतीय पक्षको दाबी छ । आरएसपुरा क्षेत्रमा दोहोरो गोली हानाहान जारी रहेको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

केही क्षेत्रमा ब्ल्याकआउट घोषणा
सुरक्षाका दृष्टिले भारतले जम्मु–कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका संवेदनशील सहरहरूमा ब्ल्याकआउट गरेको छ । प्रभावित क्षेत्रहरूमा जम्मु, उधमपुर, किश्तवाड, श्रीनगर, अनन्तनाग, बाडमेर, बिकानेर, श्रीगंगानगर, चण्डीगढ, अमृतसर, जालन्धर, होशियारपुर, पठानकोट, भुज र कच्छ समावेश छन् ।

भारतीय सेनाले बुधबार बिहान ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानको केही एयर डिफेन्स संरचना ध्वस्त बनाएको दाबी गरेको थियो । त्यसको जवाफस्वरूप बुधबार राति र बिहीबार पाकिस्तानले भारतका १५ भन्दा बढी सैन्य ठेगानाहरूमा हमला प्रयास गरेको भारतीय रक्षा स्रोतहरूको भनाइ छ । पाकिस्तानले भने भारतको दाबीलाई खण्डन गर्दै कुनै क्षति नभएको बताएको छ ।

यसबीच, आक्रमणमा पाकिस्तानले इजरायलबाट प्राप्त ‘हार्पी’ ड्रोन प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको दाबी पनि गरिएको छ ।

भारतको रक्षा प्रणाली सतर्क
भारतीय सेनाको इन्टिग्रेटेड डिफेन्स स्टाफले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर)मार्फत् एक वक्तव्य जारी गर्दै भन्यो, ‘पाकिस्तानतर्फबाट जम्मु, पठानकोट र उधमपुरका सैन्य स्टेशनहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन दागिएको थियो । तर भारतको वायु रक्षा प्रणालीले ती सबै आक्रमण निष्फल बनाएको छ । कुनै प्रकारको क्षति भएको छैन ।’

दुई देशबीचको यो नयाँ सैन्य तनावले दक्षिण एसियाली क्षेत्रको शान्तिमा गम्भीर चुनौती खडा गरेको विश्लेषकहरू बताइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.86
154.46
European Euro
1
176.40
177.09
UK Pound Sterling
1
207.80
208.61
Swiss Franc
1
190.57
191.32
Australian Dollar
1
107.69
108.11
Canadian Dollar
1
109.58
110.00
Singapore Dollar
1
119.37
119.83
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.74
22.82
Saudi Arabian Riyal
1
40.97
41.13
Qatari Riyal
1
42.21
42.37
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.89
42.06
Malaysian Ringgit
1
37.78
37.93
South Korean Won
100
10.40
10.45
Swedish Kroner
1
16.00
16.07
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.63
19.70
Kuwaity Dinar
1
500.36
502.31
Bahrain Dinar
1
408.09
409.68
Omani Rial
1
399.62
401.17