२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

३२ विमानस्थलका नागरिक उडानमा अस्थायी प्रतिबन्ध, मार्सल तैनाथ

प्रकाशित मिति : २०८२ बैशाख २७ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / भारत र पाकिस्तानबीचको बढ्दो द्वन्द्वका बीच भारतको नागरिक उड्डयन महानिर्देशनालयले उच्च सुरक्षा संवेदनशीलता देखाउँदै देशको उत्तर र पश्चिमी क्षेत्रमा रहेका ३२ वटा विमानस्थलबाट हुने सबै नागरिक उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

भारतीय विमानस्थल प्राधिकरण र सम्बन्धित उड्डयन निकायहरूलाई यसबारे ‘नोटिस टु एयरमेन’ जारी गरिएको छ, जुन मे १५ बिहान ५ः२९ बजेसम्म लागु हुनेछ । प्रतिबन्धित विमानस्थलहरूमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिंडा, भुज, बिकानेर, चण्डीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मु, जामनगर, जोधपुर, कान्डला, कांगडा (गग्गल), केशोद, किशनगढ, कुल्लु मनाली (भुन्तर), लेह, लुधियाना, पत्तनकोट, सरसावा, शिमला, श्रीनगर, थोइसे, उत्तरलाई लगायतका स्थान समावेश छन् ।

एयर इन्डियाले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, उक्त निर्णयपछि जम्मु, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका सबै उडान मे १५ बिहान ५ः२९ बजेसम्मका लागि स्थगित गरिएका छन् । सुरक्षालाई उच्च प्राथमिकता दिँदै प्रभावित विमानस्थलहरूमा आगन्तुकहरूको टर्मिनल भवन प्रवेशमा निषेध गरिएको छ । त्यस्तै, सुरक्षा प्रवर्धनका लागि एयर मार्सलहरू समेत तैनाथ गरिएको छ ।

विश्लेषकहरूका अनुसार भारत–पाकिस्तानबीच हालको तनावले आकाशमा अप्रत्याशित स्थिति सिर्जना गर्न सक्ने सम्भावना रहेकाले नागरिक उडानमा सावधानी अपनाइएको हो । यद्यपि, अधिकारिक निकायहरूले यो निर्णय पूर्णरूपमा सुरक्षा पूर्वसावधानी अन्तर्गत लिएको स्पष्ट पारेका छन् । सरकारले नागरिकहरूलाई अफवाहमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक सूचनाका आधारमा मात्र यात्रा योजनामा परिवर्तन गर्न सुझाव दिएको छ ।

- ADVERTISEMENT -