२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको तीन खोले गुम्बामा भोलि २५६९औँ बुद्ध जयन्ती मनाइँदै

प्रकाशित मिति : २०८२ बैशाख २८ गते

– हरिप्रसाद अधिकारी

चितवन / चितवनको भरतपुर बाइपासरोडमा अवस्थित महाबौद्ध गुम्बा तीन खोलेमा २५६९औँ बुद्ध जयन्ती मनाउने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

बौद्धधर्म सेवा समिति नेपालको आयोजनामा भोलि (सोमबार) महाबौद्ध गुम्बा तीन खोलेमा विशेष कार्यक्रमको आयोजना गरी बुद्ध जन्यती मनाउन लागेको हो ।

बुद्ध जयन्तीलाई भव्य एवम् सफल बनाउनका लागि कार्यक्रमलाई सफल बनाउन १७ सदस्य मुल समिति सहित १५ उपसमिति समेत गठन गरेर तयारी अगाडि बढाइएको शनिवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । तयारी स्वरुप महाबौद्ध गुम्बा परिसरमा सरसफाई लगायतका कामहरु सम्पन्न भइसकेको बौद्ध धर्म सेवा समितिका अध्यक्ष विकास गुरुङले जानकारी दिए ।

गठन गरिएका विभिन्न उपसमितिहरुले आ–आफ्नो काम अगाडि बढाइरहेको उनले बताए । ‘मञ्च व्यवस्थापनसँगै गुम्बा परिसर सजावटको काम भोली हुनेछ,’ उनले भने ‘र्याली व्यवस्थापनसँगै अन्य कामहरु अगाडि बढिरहेका छन् ।’ सेवा समितिले बुद्ध जयन्तीको दिन महाबौद्ध गुम्बा तीनखोलेमा जम्मा भएर प्रहरी शिक्षालय, विशालचोक, विरेन्द्र क्याम्पसगेट, लायन्सचोक, सहिदचोक, मिलनरोड, लिलाचोक, रामेश्वर मन्दिर, सब्जिमण्डी हुँदै महाबौद्ध गुम्बासम्म शान्ति र्याली समेत निकालिने उनले जानकारी दिए ।

कार्यक्रमलाई सफल बनाउन शान्ति र्याली व्यवस्थापन, खाना व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वागत सत्कार, जलपान व्यवस्थापन, मुर्ति मर्मत, रंग रोगन, टेन्ट व्यवस्थापन, प्रचार प्रसार सांस्कृतिक कार्यक्रम, पार्किङ व्यवस्थापन लगायतका उप–समिति गठन गरिएको उनले बताए ।

सो दिन बिहान बुद्ध पुजा अर्चना, शान्ति यात्रा, साङ्गेगुञ्जा वरामबाट बुद्ध धर्मको धर्मदेशना बाचनका साथै दिउँसो २ बजेदेखि विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना राखिएको समितिका सचिव दलबहादुर गुरुङले जानकारी दिए । यस बुद्धको शिक्षालाई फैलाउनु र शान्ति करुणा र अहिंसाको सन्देशलाई समाजमा प्रवद्र्धन गर्नका लागि यहाँ प्रत्येक वर्ष कार्यक्रमको आयोजना हुने गर्दछ ।

यस अवसरमा, बौद्ध धर्मका अनुयायीहरूलाई ठूलो संख्यामा सहभागी भएर बुद्धको शिक्षालाई आत्मसात् गर्न र समाजमा शान्ति र सद्भावको सन्देश फैलाउन आह्वान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85