२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा बुबाद्वारा छोरी र भतिजाको हत्या

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते
File photo.
- ADVERTISEMENT -

चितवन । भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा शुक्रबार बिहान पारिवारिक घटनामा ४२ वर्षीय लिलाराज गिरीले आफ्नै छोरी र दाजुको छोराको हत्या गरेका छन् । गिरीले खुर्पा प्रहार गरेर आफ्नी छोरी प्रभा गिरी र दाजु दया गिरीका छोरा सजन गिरीको निर्मम हत्या गरेका हुन् ।

सजनको उमेर करिब ६÷७ वर्ष र प्रभा किशोरी उमेरकी थिइन् । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगिएको थियो, तर चिकित्सकको प्रयास सफल हुन सकेन । उपचारका क्रममा शुक्रबार बिहान दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए । उनको भरतपुरमै गम्भीर अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हत्या किन गरिएको हो भन्ने कारण हालसम्म खुल्न सकेको छैन । घटना रहस्यमय र गम्भीर भएकाले विस्तृत अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -