२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

दुई ट्रक ठोक्किँदा सात घाइते, चालकद्वयलाई च्यापिएको अवस्थामा उद्धार

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते

चितवन / नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ गाइघाटमा आज (बिहिबार) बिहान करिब ७ बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार दुवै ट्रकको अगाडिको भागमा क्षति पुगेको छ । ट्रकका चालकलाई च्यापिएको अवस्थामा उद्धार गरिएको उनले बताए । दुवै चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

घाइते हुनेहरुमा प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रकका चालक भरतपुर–१२ मुनालचोक बस्ने ३७ वर्षका सन्तोष सुवेदी र ना ६ ख ९८९७ नम्वरको ट्रकका चालक रौतहट गरुड नगरपालिका ५ बस्ने ३४ वर्षका धनराज कुमार यादब रहेका छन् ।

यस्तै ०१–००६ ख ६२८७ नम्वरको ट्रकमा सवार यात्रु रौतहट बौदीमाई नगरपालिका ७ का जयकान्त राय यादव, सोही ठाउँका हरिशंकर यादब, आकाश यादब, रवि कुमार यादब र अनिल कुमार यादब घाइते भएका छन । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10