२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

थाइराइडबारे सचेतना आवश्यक

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते

विश्व थाइराइड दिवस २५ मईदेखि विश्वभर साताव्यापी सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिएको छ । नेपालमा औपचारिकरुपमा सन् २००७ देखि विविध सचेतनामूलक कार्यक्रम, शिविर तथा अन्तक्र्रिया गरी यो दिवस मनाइँदै आएको छ । नेपालमा दुई दशकअघिसम्म यो रोगबारे त्यति चासो नरहे पनि पछिल्लो समय सामान्य र थाइराइडको परीक्षणसमेत अनिवार्यजस्तै बन्न पुगेको छ । थाइराइड के हो र यो कस्तो रोग हो ? भन्नेसम्बन्धमा विभिन्न भ्रम रहेका पाइन्छन् । खासमा थाइराइड शरीरको एक ग्रन्थी हो । यो घाँटीको बीचमा पुतली आकारमा दायाँ र बायाँ जोडिएर रहेको हुन्छ । साथै, यो ग्रन्थी श्वासनलीसँग जोडिएको हुन्छ । यसलाई नियन्त्रण गर्ने अर्को ग्रन्थी टाउकोमा हुन्छ, जसलाई ‘पिट्युटरी’ ग्रन्थी भनेर चिनिन्छ । पिट्युटरी ग्रन्थीको नियन्त्रणमा रहेर थाइराइड ग्रन्थीले टि–थ्री र टि–फोर नामक हर्मोन उत्पादन गर्ने गर्दछ । यसले उत्पादन गर्ने हर्मोनमा हुने गडबडी नै ‘थाइराइड’ हो । टि–थ्री र टि–फोर हर्मोनको उत्पादन बढी भएको अवस्थालाई ‘हाइपर थाइराइडिज्म’ भनिन्छ भने दुवै हर्मोनको उत्पादन कम भएको अवस्थाचाहिँ ‘हाइपो थाइराइडिज्म’ हो ।

नेपाली समाजमा केही वर्षयता थाइराइडसम्बन्धी स्वास्थ्य समस्या चुनौतीका रुपमा देखा परेको छ । थाइराइडको समस्या विशेष गरी २० देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा देखिने गरेको चिकित्सकको भनाइ छ । पछिल्लो समय त हरेक दस जना महिलामध्ये नौ जनामा यो रोग देखा पर्ने गरेको छ । थाइराइडबाट सबै उमेर समूहका व्यक्ति ग्रसित हुन सक्छन् । यसले विभिन्न मानव अंगलाई असर गर्ने गर्छ । हर्मोनको गडबडीका कारण मुटुको धड्कनदेखि रगतको मात्रामा समेत प्रभाव पार्नुका साथै शरीरको हाड बन्ने प्रक्रियामा समेत असर गर्ने चिकित्सकहरु बताउँछन् । बालबालिकामा शारीरिक विकास सुस्त हुने, बौद्धिक विकास कमजोर हुने, अस्वाभाविक ढंगले मोटाउने, शारीरिक अंगहरुको विकास राम्रोसँग नहुने, केटीहरुमा रजस्वला नहुनेलगायतका समस्या हुन सक्ने औँल्याइएको छ । थाइराइडले फोक्सोको चाल र फोक्सोबाट रगतमा पठाउने अक्सिजनको मात्रा बढाउने वा घटाउने, रगतमा अक्सिजनको मात्रा बढ्ने वा घट्ने, कलेजोमा ‘सुगर’ बन्ने प्रक्रियालाई तल–माथि बनाउने, थाइराइडबाट उत्पादित हर्मोनले ‘कोलेस्टेरोल’को मात्रा धेरै घटाउने वा चाहिनेभन्दा बढाइदिने, नसालाई निष्क्रिय बनाउने, प्रायः महिलाको थाइराइडका कारण महिनावारी गडबड हुने र बाँझोपनको समस्यासमेत हुने चिकित्सकहरुले औँल्याएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अनावश्यक रुपमा तौल बढ्ने, आवाजमा धोद्रोपन आउने, हातगोडा सुनिने, हातखुट्टा झमझम गर्ने, एकदम पसिना आउने, प्रेसर कम वा बढ्ने, मनोबल कमजोर देखिनेजस्ता लक्षण देखिए थाइराइड हुन सक्छ । कतिपय अवस्थामा नियमित औषधि सेवन गर्दा रोग निको हुने र कतिपय अवस्थामा जीवनभर नै औषधि सेवन गर्नुपर्ने हुनसक्छ । खानामा आयोडिनको मात्रा बढी वा कम भए पनि थाइराइडसम्बन्धी समस्या देखिन सक्छ । उमेरअनुसार विभिन्न लक्षण देखिने यस रोगबारे समयमै सचेत हुनुपर्छ । थाइराइडका कारण अन्य रोग पनि लाग्ने सम्भावना बढी भएकाले समयमै थाइराइड परीक्षण गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । नेपालमा अझै पनि थाइराइडसँग सम्बन्धित शिविर तथा सचेतनामूलक कार्यक्रम निकै कम हुने गरेको छ । चितवनका प्रायः सबै अस्पतालहरुमा थाइराइड परीक्षण गर्न सकिन्छ । थाइराइडबारे सबैजना समयमै सचेत भई स्वस्थ जीवनयापन गर्नु देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36