२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजको मौसम : यी प्रदेशमा भिषण वर्षाको सम्भावना

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते

काठमाडौं / जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायूको प्रभाव सक्रिय रहेको जनाउँदै आज (शनिबार) देशभरि आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानहरूमा वर्षा हुने सम्भावना जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव स्पष्ट देखिएको छ भने कोशी, मधेश, बागमती, गण्डकी लगायतका पहाडी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा भने आंशिक बदलीको सम्भावना छ ।

- ADVERTISEMENT -

Advertisement

आज दिउँसो कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावनासमेत महाशाखाले औँल्याएको छ ।

त्यस्तै, उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहनेछ ।

रातिमा कोशी र मधेश प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको जोखिम कायमै छ ।

मौसममा देखिएको परिवर्तन तथा सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानहरूमा असर पर्न सक्ने महाशाखाको चेतावनी छ ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गर्दै विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा र यात्रा गर्नेहरूलाई विशेष ध्यान दिन आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89