काठमाडौँ / नेपाल प्रहरीको उच्च तहमा फेरबदल भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट एकैसाथ २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार, केही महत्वपूर्ण जिम्मेवारीमा रहेका एसएसपीहरूको कार्यक्षेत्र परिवर्तन भएको छ । प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागको वृत्ति विकास महाशाखा, नक्सालमा कार्यरत अनुभवी एसएसपी अनुपम शमशेर जबरालाई पश्चिम नवलपरासीस्थित प्रहरी युक्त तालिम महाविद्यालय, जर्गाहको महत्वपूर्ण जिम्मेवारीमा पठाइएको छ ।
- ADVERTISEMENT -

कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत एसएसपी अविनारायण काफ्लेलाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग अन्तर्गत कार्य निर्देशनालय जस्तो संवेदनशील निकायमा ल्याइएको छ ।















































