२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सिद्धि छात्रावास’लाई भान्छा घर तथा शुद्ध पिउने पानीको फिल्टर सहयोग

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते

– बबिलाल तामाङ
पदमपुर । २५औं वर्ष सेवामा समर्पित लायन्स क्लब अफ नारायणगढ नारायणीले विकट क्षेत्र कालिका नगरपालिका वडा नं. १०, सिद्धिस्थित ‘सिद्धि छात्रावास’ (सुनौलो किरण संस्था) लाई भान्छा घर तथा शुद्ध पिउने पानीको फिल्टर हस्तान्तरण गरेको छ ।

छात्रावासमा रहेर अध्ययनरत चेपाङ बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आज (सोमबार) भान्छा घर र शुद्ध पिउने पानीको फिल्टर हस्तान्तरण गरिएको क्लबका अध्यक्ष एमजेएफ रसु पियाले जानकारी दिइन् ।

- ADVERTISEMENT -

Advertisement

लायन्स क्लबका डिष्ट्रिक्ट ३२५ आरका गभर्नर पिएफजेएफ दिनानाथ न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका न्यौपानेले लायन्सद्वारा गरिएको यस कार्य लोककल्याणकारी र उत्कृष्ट कार्य भएको बताए ।

संस्थाले मन भएका र सेवा गर्न ठाउँ खोज्ने व्यक्तित्वहरुलाई पनि समेट्दै यस मानवीय सेवाको क्षेत्रमा उदाहरणीय कार्य गरेको उनको भनाइ थियो । छात्रावासमा आश्रित बालबालिकालाई भविष्यमा पनि साथ र सहयोगबाट विमुख नगराइने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, क्लबका अध्यक्ष पियालगायतले संयुक्त रुपमा सिद्धि छात्रावासका संचालक भरत चेपाङलाई भान्छा घरको चावी हस्तान्तरण गरेका हुन् । सोही अवसरमा संचालक चेपाङले लायन्स क्लबलाई धन्यवाद व्यक्त गर्दै देश तथा विदेशमा रहनु हुने सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको लागि अपिल समेत गरे ।

भान्छा घर तथा शुद्ध पिउने पानीको फिल्टरका लागि अध्यक्ष रसु पिया, क्लबका डिष्ट्रिक चिफ सनदकुमार पिया, कुशल ज्ञवाली र मनरुपा गुरुङ ज्ञवाली (अमेरिका), देवी गैरे र बाबुराम कंडेल (अमेरिका), सुन्दर श्रेष्ठ र सरिता श्रेष्ठ (अष्ट्रेलिया), कृष्ण तिवारी र इन्दिरा तिवारी (बेलायत), उद्देश्य गुरुङ (बेलायत), नेपाल लायन्स फाउन्डेशनले आर्थिक सहयोग प्रदान गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष पियाले सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै ‘सेवा गर्छु’ भन्ने भावले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताइन् । उनले आगामी दिनमा पनि छात्रावासलाई सहयोग गर्दै जाने विश्वास दिलाइन् । यसअघि क्लबले रजहरमा शुद्ध पिउने पानीको फिल्टर प्रदान गरेको थियो ।

कार्यक्रममा लायन्सका एमजेएफ प्रभाकर पण्डित, पिएमजेएफ सिद्धार्थलाल चुके, एफजेएफ दुर्गालक्ष्मी श्रेष्ठ, एफजेएफ राजेन्द्र गौतम, डिष्ट्रिक चिफ सनदकुमार पिया, एमजेएफ निता राणा, एमजेएफ रजनी मास्के, एमजेएफ अनुषा चुकेलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्वअध्यक्ष देवकी धरेलले स्वागत मन्तव्य दिएकी हुन् । कार्यक्रममा पूर्वअध्यक्ष धरेल र अन्जु पियाद्वयको संयोजकत्व रहेको थियो भने सचिव निरा श्रेष्ठले सञ्चालन गरेकी हुन् ।
कार्यक्रम लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष एमजेएफ रसु पियाको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45