Opens in a new tab
२०८३ आश्विन २६, सोमबार
October 12, 2026
२०८३ आश्विन २६, सोमबार
October 12, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकैपटक ४२ नेपाली डिपोर्ट, आज अमेरिकाबाट नेपाल आउँदै

प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते
file photo.

काठमाडौं / अमेरिकाबाट चार्टड विमानमार्फत् आज (आइतबार ) एकैपटक ४२ जनाभन्दा बढी नेपाली डिपोर्ट गरिने भएको छ । नेपालको अध्यागमन श्रोतका अनुशार स्थानीय समय अनुशार आइतबार दिउसो ४ बजे चार्टर्ड विमान नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

यति धेरै संख्यामा नेपालीहरुलाई अमेरिकाबाट एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गर्न लागिएको यो पहिलो पटक हो । सुरुमा अध्यागमन विभागलाई ४८ जना नेपाली डिपोर्ट हुने प्रारम्भिक जानकारी प्राप्त भएपनि अन्तिम समयमा केही व्यक्तिको यात्रा रोकिएको विभागले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यात्रा के कारणले रोकिएको भन्ने प्रष्ट छैन । साथै कतिजनाको यात्रा रोकिएको भन्ने पनि प्रष्ट छैन । यद्यपी अधयागमन विभाग श्रोतले ३ देखि ६ जनासम्मको यात्रा रोएिको र डिपोर्ट हुने नेपालीहरुको संख्या ४२ देखि ४५ जनासम्म हुने बताएको छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्यूरोको जिम्मा लगाइनेछ । ब्यूरोले हालसम्म अमेरिकाबाट डिपोर्ट भएका कसैलाई पनि लामो समयसम्म सोधपुछका लागि हिरासतमा राखेको छैन । उनीहरुलाई सामान्य सोधपुछपछि घर पठाइने गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सम्भवतः इतिहासमै पहिलो पटक यति धेरै नेपाली एकैपटक डिपोर्ट भएको अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागले डिपोर्ट हुने व्यक्तिहरूमा महिला र पुरुषको संख्या पनि खुलाएको छैन । तर उनीहरुमध्ये ठूलो संख्या दलाललाई १ लाख डलरसम्म तिरेर मेक्सिकोहुँदै विना भिसा अमेरिका छिर्नेहरुको समेत रहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80