२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज (मंगलबार) नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ । उत्कृष्ट लयमा रहेको नेपाली टोली आजको खेलमा पनि जित निकाल्दै शृङ्खलामा आफ्नो दबदबा कायम राख्न चाहन्छ ।

स्कटल्यान्डविरुद्धको पहिलो खेलमा अन्तिम बलमा निकालिएको एक विकेटको जित होस् वा ३२४ रनको विशाल लक्ष्य पछ्याउँदा देखाइएको साहस, नेपाली टोलीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । यसअघि यही शृङ्खलामा नेदरल्यान्ड्सलाई सहजै पाँच विकेटले पराजित गरेको हुँदा नेपाली खेलाडीहरूको आत्मविश्वास बलियो छ ।

- ADVERTISEMENT -

Advertisement

एकातिर उत्कृष्ट लयमा रहेको नेपाल छ भने अर्कोतर्फ अङ्क तालिकामा दोस्रो स्थानमा भए पनि लगातार तीन हार बेहोरेर दबाबमा रहेको नेदरल्यान्ड्स छ । यो मनोवैज्ञानिक फाइदा उठाउँदै नेपाल आजको खेल आफ्नो पक्षमा पार्ने रणनीतिमा हुनेछ ।

सन् २०२७ को विश्वकप यात्राको यो महत्त्वपूर्ण खुड्किलोमा हरेक जितले नेपालको समीकरणलाई बलियो बनाउने छ । खेल नेपाली समयअनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -