२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

नागरिकतासम्बन्धी विधेयक सर्वसम्मत पारित

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते

काठमाडौं / प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक मंगलवार सर्वसम्मत रुपमा पारित गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए ।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने समेत उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -