२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

इरानमाथि इजरायलको आक्रमण, संकटकालको घोषणा

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते
file photo

काठमाडौं / इजरायलले इरानमाथि आक्रमण गरेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले यसको पुष्टि गरेका छन् । प्रतिशोधात्मक आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै इजरायलमा पनि आपतकालीन अवस्था लागु गरिएको छ ।

आपतकालीन अवस्थाको घोषणा गर्दै काट्जले भने, इजरायलले इरानमाथि आक्रमण गरेपछि हाम्रो जनतामाथि मिसाइल वा ड्रोन आक्रमणको सम्भावना छ । यस्तो अवस्थामा आवश्यक क्षेत्रहरू बाहेक शैक्षिक गतिविधिहरू, भेला र कार्यस्थलहरूमा प्रतिबन्ध लगाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

एक इजरायली सैन्य अधिकारीले धेरै आक्रमणहरू गरिएको बताएका छन् । यी आक्रमण इरानको आणविक कार्यक्रम र अन्य सैन्य अड्डाहरू विरुद्धु हुन् । इरानी सरकारी समाचार एजेन्सी नूर न्युजका अनुसार, तेहरानको उत्तर(पूर्वी क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो । बीबीसी संवाददाताहरूले पनि तेहरानका मानिसहरूबाट विस्फोट भएको पुष्टि गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -