निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा पहिलोपटक टेडएक्स इभेन्ट : सात जना वक्तासहित एक सय जनाको सहभागिता

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते
- ADVERTISEMENT -

चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शुक्रबार ‘टेडएक्स इभेन्ट’को आयोजना गरिएको छ । काठमाडौँ उपत्यकाबाहिर नेपालमै पहिलोपटक विद्यालयस्तरमा यस्तो कार्यक्रमको आयोजना गरिएको हो । 

प्रविधि, मनोरञ्जन र डिजाइन (टेड) एक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्था हो जसले विश्वव्यापीरूपमा प्रचारयोग्य नवीन विचारहरूको प्रचार गर्दछ । यसले विश्वभरबाट १८ मिनेट वा सोभन्दा कम अवधिका विषयविज्ञ तथा आविष्कारकहरूका प्रेरणादायी विचारहरूको प्रचार–प्रसार गर्दछ । अङ्कुरम् एकेडेमीका करिब चार दर्जन क्लबहरूमध्ये ‘टेडएक्स अङ्कुरम् एकेडेमी युथ’ टेडसँग सहकार्य गर्ने एउटा क्लब हो ।

- ADVERTISEMENT -

Advertisement

कुनै एउटा मञ्चको कल्पना गरौँ त, जहाँ मानिसहरू स्टेजमा आउँछन् तर नाच्न वा गीत गाउन होइन । उनीहरू आफ्ना शक्तिशाली विचारहरू बाँड्न आउँछन् जुन विचारले हाम्रो सोच्ने तरिका, जीवन जिउने तरिका र दैनिक काम गर्ने तरिका परिवर्तन गर्न सक्छन्– टेडएक्स भनेको ठ्याक्कै त्यही हो ।’ अझै सहज तरिकाले भन्नुपर्दा ‘यो एक स्वतन्त्ररूपमा संगठित स्थानीय कार्यक्रम हो जुन टेडद्वारा इजाजतपत्र प्राप्त छ, जहाँ वक्ताहरूले छोटो तर शक्तिशाली भाषणको रूपमा प्रचार गर्न लायक विचारहरू बाँड्छन् ।’

सात जना वक्ताको प्रस्तुती रहेको कार्यक्रममा पहिलो वक्ताका रूपमा ‘कारखाना’का सिइओ पवित्रबहादुर गौतम निम्त्याइएका थिए । उनले ‘द नेसेस्सरी पेन’बारे आफ्ना अनुभव प्रवाह गरेका थिए । उनले मानिसले जीवनमा दुई किसिमका दुःख (पीडा) भोग्ने गरेको बताए । 

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार एउटा पीडा नियोजित या योजनाबद्ध हुन्छ भने अर्को आकस्मिकरूपमा आइपर्छ । ‘योजनाबद्ध दुःख या पीडा कसैले पनि सहर्ष स्वीकार गर्दैन तर जसले यसलाई स्वीकार्छ उसले अवश्यंभावी सफलता प्राप्त गर्दछ ।’ ‘परीक्षाको तयारी, नियमित शारीरिक व्यायामलगायतका कार्य नियोजित या योजनाबद्ध पीडा हुन् ।’

त्यस्तै अर्का वक्ता प्रजनन विशेषज्ञ डा. निकिता ढकालले ‘के हामी जैविक घडी रोक्न सक्छौँ ?’ भन्ने विषयमा आफ्ना विचार व्यक्त गरिन् । उनले महिलाको डिम्बाशयले निश्चित उमेरसम्म अण्डा उत्पादन गर्ने र ३० वर्षको उमेरसम्म पुग्दा उत्पादन क्षमतामा ह्रास आई सन्तान उत्पादनमा समस्या आउने बताइन् । 

महिलाले क्यारियर निर्माणलाई फोकस गर्दा विवाह गर्ने सही उमेर ढल्किने र सन्तान प्राप्तिमा समस्या आउने बताइन् । महिलामा अण्डा उत्पादन क्षमता सीमित हुने जैविकरूपमा प्रमाणित तथ्य हो । उनले क्यारियरमा फोकस गर्ने युवतीहरूले उमेर छँदै अण्डा निकाली माइनस १२५ डिग्रीमा संरक्षण गरी क्यारियर सेटल भइसकेपछि बच्चा जन्माउन सकिने बताइन् ।

तेस्रो वक्ताका रूपमा निम्त्याइएका सह–प्राध्यापक तथा ‘बजनेस एन्ड सोसाइटी’ र ‘बिजनेस इथिक्स एन्ड सोसल रेस्पोन्सिबिलिटीस’ का लेखक कृष्ण खनालले ‘छोराछोरीको प्राथमिकतामा परिवर्तन ः छोराबाट छोरीमा’ विषयबारे बोलेका थिए । 

उनले छोरा जन्मिँदा त्यसको श्रेय बाबुले पाउने तर छोराको आशमा छोरी जन्मिँदा त्यसको कमजोरी महिलाको भागमा पर्ने समयको चर्चा गर्दै पछिल्लो समय त्यसको ‘ट्रेन्ड’ चेन्ज भइसकेको बताउँदै अहिले सिङ्गल चाइल्डको कन्सेप्टमा विश्वास गर्ने दम्पतीको रोजाइमा पनि छोरी रहने गरेको बताए । ‘महिलाको सहनशक्ति धेरै हुन्छ, उनीहरूको सिक्ने क्षमता बढी हुन्छ र उनीहरू कम आक्रामक हुन्छन्, त्यसैले सिङ्गल चाइल्डको चाहना गर्ने दम्पत्तीको रोजाइमा छोरी पर्छन्’, उनले भने ।

त्यस्तै अर्का वक्ता प्रशिक्षक सौरभ लोहनीले ‘द हिडन कस्ट अफ सक्सेस’बारे बोल्दै सफलताको मापन अप्ठेरो हुने बताउँए । विश्वमा ९० प्रतिशत मानिसले साप्ताहिकरूपमा ५० घन्टा काम गर्ने गरेको र नेपालमा भने करिब ६० घन्टा काम गर्ने पाइएको बताए । काम गर्ने यो समय भनेको धेरै हो । बढी काम गर्नुपर्ने समस्याले मानिसमा डिप्रेसन, एन्जाइटी र चिन्ता बढाउने र त्यसले मानिसको मृत्यु छिटो हुने गरेको बताए । सफलताको एउटै सूत्र समयको सदुपयोग भएको बताउँदै उनदे समयको सदुपयोगले मानिस सफल बन्ने र सफल हुनुको सूत्र धनसम्पत्ति मात्र नभएको बताए । उनले आफ्नो परिवारसँगै बसेर जीवनयापन गर्न पाउनु अहिलेको समयमा ठूलो कुरा भएको बताए ।

अर्की वक्ता मनोपरामर्शदाता सुधा सुवेदी ‘अनबिकम ः कमब्याक टु ट्रु यु’बारे बोलेकी थिइन् । उनले आफू १६ वर्षको उमेरमा स्कुल बसचालकबाट यौन हिंसामा परेको तर त्यसलाई सहेर नबसी त्यसविरुद्ध आवाज उठाएको बताइन् । हिंसाविरुद्ध आवाज उठाएको हुनाले आफूले १८ वर्षको उमेरमै गैरसरकारी संस्थामा संस्थापक सदस्यको रूपमा काम गर्ने मौका पाएको र २२ वर्षको उमेरमा ६० हजार सहभागीको अगाडि अन्तर्राष्ट्रिय मञ्चहरूमा वक्ताका रूपमा सहभागिता जनाउने मौका पाएको बताइन् । उनले हिंसा सहनु हिंसा गर्नुभन्दा ठूलो अपराध भएको बताइन् ।

त्यस्तै अनम्याथ स्कुलका सहसंस्थापक तथा म्याथ स्टोरी टेलर दिवेस भतिजा ‘लेट्स एक्सपिरियन्स म्याथ’ विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए । भतिजाले मानव जीवनको हरेक मोडमा गणितको महत्त्व रहेको बताए । उनले गणितबिना कुनै कुराको पनि कल्पना गर्न नसकिने बताए । आकाशमा उड्ने विमान, सडकमा गुड्ने गाडी र गाडी गुड्ने बाटोमा पनि गणित पाइने बताए । ‘गणित संख्याहरूको साक्षरता र व्यक्त गरिने शैली हो’, ‘गणित हाम्रो दैनिक जीवनमा यत्रतत्र सवत्र छ’, उनले भने ।

कार्यक्रमका अन्तिम वक्ताका रूपमा निम्त्याइएका वक्ता मेरो किनमेलका सिइओ सन्तोष कँडेल ‘डेलिभरिङ्ग ह्याप्पिनेस’ (खुसी बाँड्दै …) शीर्षकमा बोलेका थिए । उनले आफू अध्ययनका लागि चीन गएको र सो समयमा त्यहाँ चल्ने अनलाइन किनमेललाई आफूले चितवनमा कार्यान्वयन गरेको बताए । चितवनमा अनलाइन बिजनेस सुरु गरेपछि आएको कोभिडले पाठ पढाएको बताउँदै ‘पढ्दै कमाउँदै’को कन्सेप्टले आफूलाई प्रेरित गरेको बताए । आफूकहाँ काम गर्ने कर्मचारीले ‘मैले तलब बुझेर आज कलेजको शुल्क भुक्तानी गरेँ’ भन्दा साँच्चिकै मलाई पनि खुसी मिल्छ, उनले भने ।

१८ मिनेट वा सोभन्दा कम अवधिका आजको मञ्चमा व्यक्त यी विचारहरू जीवन बदल्न सक्षम रहेको इजाजतवाला मुख्य आयोजककर्ता साजन अधिकारीले बताए । ‘सुनौँ, सिकौँ र नेतृत्व गरौँ’ भन्ने मर्मका साथ आयोजित टेडएक्समा वक्ताहरूले आफूले भोगेका प्रेरणादायी अनुभवलाई विचारको रूपमा प्रस्तुत् गरेका थिए । टेडएक्स अङ्कुरम् एकेडेमी युथ विश्वव्यापी संस्था टेडद्वारा निर्धारित नियमहरू पालना गरी स्वतन्त्ररूपले कार्यक्रमहरू आयोजना गर्ने स्थानीय संस्था हो । कार्यक्रममा अर्जुन जी शर्माले सहआयोजककर्ता, कमल केसी र ई. तेजप्रसाद अर्यालले सञ्चार व्यवस्थापक, नवराज रेग्मीले रचनात्मक मामिला प्रमुख र सुमन पौडेल संरक्षककोको भूमिका निर्वाह गरेका थिए ।

विभिन्न विद्यालयका हेड ब्याय, हेड गर्ल र एक जना शिक्षक प्रतिनिधि गरी एक सय जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सहआयोजक अर्जुन जी शर्माले गरेका थिए भने कार्यक्रममा स्वागत तथा समापन टिप्पणी संरक्षक प्राचार्य सुमन पौडेलले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48