२०८२ असार ३०, सोमबार
July 14, 2025
२०८२ असार ३०, सोमबार
July 14, 2025 Monday

चितवनका १४ जनप्रतिनिधि नेकपा एसद्वारा सम्मानित (नामसहित)

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी चितवनले १४ जना जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिबार सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भरतपुर महानगर कमिटी चितवनको दोश्रो अधिवेशनमा १४ जना जनप्रतिनिधि सम्मानित भएका हुन् ।

स्थानीय तहको निर्वाचन २०७९, चितवन प्रदेश सभा निर्वाचन र महानगर र नगर कार्यपालिका सदस्यमा निर्वाचित उनीहरुलाई नेकपा एसका वरिष्ठ पार्टी उपाध्यक्ष एवम् पूर्व मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रप्रसाद पाण्डे र नेकपा एस चितवनका जिल्ला अध्यक्ष नरेन्द्र कन्दङ्वाले संयुक्त रुपमा खादा, टिका र सम्मान–पत्रद्वारा सम्मान गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

सम्मानित हुनेहरुमा बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद शर्मा खनाल, राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा, भरतपुर महानगरपालिका वडा नं. ७, ९ र २२ का क्रमशः राजेन्द्रमणि काफ्ले, यमलाल महतो र विष्णुराज महतो, माडी नगरपालिकाका वडा नं. ३ र ७ का क्रमशः पुरन महतो र चन्द्रकुमारी बानियाँ, राप्ती नगरपालिका वडा नं. ७ र ११ का क्रमशः सुमिता डल्लाकोटी, बुद्धिबहादुर स्याङ्तान रहेका छन् ।

यस्तैगरी, भरतपुर महानगरपालिका वडा नं. २९ का वडासदस्य एवम जिल्ला समन्वय समिति चितवनका सदस्य पुजना गुरुङ, भरतपुर महानगरपालिका वडा नं. १३ का वडा सदस्य एवम् जिल्ला समन्वय समितिका उपप्रमुख कल्पना सापकोटा, भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य कोपिला उपरकोटी, माडी नगरपालिकाका कार्यपालिका सदस्य कमलबहादुर भुजेल, रत्ननगर नगरपालिकाको कार्यपालिका सदस्य राजेन्द्र हमाल सम्मानित भएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -