Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इजरायली आक्रमणमा इरानी गुप्तचरसहित सयौँले ज्यान गुमाए, तेलको मूल्य वृद्धि

प्रकाशित मिति : २०८२ असार २ गते
file photo

काठमाडौं / इजरायल र इरानबीचको प्रत्यक्ष सैन्य द्वन्द्वले मध्यपूर्वलाई युद्धको नयाँ भुमरीमा धकेलेको छ । शुक्रबारदेखि सुरु भएको इजरायली आक्रमणमा इरानको रेभुलसनरी गार्डका एक उच्च अधिकारीसहित सयौँको ज्यान गएको छ भने इरानको जवाफी हमलामा इजरायलतर्फ पनि क्षति पुगेको छ ।

आइतबार राति भएको एक भीषण इजरायली आक्रमणमा इरान रेभुलसनरी गार्डका गुप्तचर प्रमुख मोहम्मद काजेमी मारिएको पुष्टि भएको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारयता इजरायली हमलामा परी दुई सय २४ जना इरानी नागरिकको ज्यान गइसकेको छ । युद्धको त्रासले राजधानी तेहरानबाट हजारौँ मानिसले सहर छाड्न थालेका छन् ।

- ADVERTISEMENT -

Advertisement

इरानले प्रहार गरेका ब्यालिस्टिक मिसाइलहरू इजरायलका प्रमुख सहर हाइफा र तेल अभिभमा खस्दा १० जनाभन्दा बढी इजरायली घाइते भएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी आक्रमणबाट १० जना इजरायलीको मृत्यु भएको दाबी गरेका छन् । उनले आफ्नो देशको आक्रमणको मुख्य लक्ष्य इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु रहेको स्पष्ट पारेका छन् ।

यो द्वन्द्वको सुरुवात शुक्रबार इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचना र मानव बस्तीमा समेत हवाई आक्रमण गरेपछि भएको थियो । त्यसको जवाफमा इरानले शनिबारदेखि इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार गर्न थालेको हो ।

- ADVERTISEMENT -

Advertisement

द्वन्द्व उत्कर्षमा पुगेसँगै अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि अपिल गर्न थालेको छ । क्यानडामा आयोजित जी–७ बैठक सकेर फर्कने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई तत्काल युद्धविरामका लागि आह्वान गरेका छन् ।

तर, इरानले भने आक्रमण जारी रहेको अवस्थामा वार्ता असम्भव रहेको अडान लिएको छ । इरानले आफ्नो यो सन्देश कतार र ओमानका मध्यस्थकर्तामार्फत अन्तर्राष्ट्रिय समुदायलाई दिएको रोयटर्सले जनाएको छ ।

युद्धको प्रत्यक्ष असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ । सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ, जसले विश्वव्यापी महँगी बढ्ने संकेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23