२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हुम्ला उनापानीमा आगलागीबाट एक करोड बढी क्षति

प्रकाशित मिति : २०८२ असार ३ गते
- ADVERTISEMENT -

हुम्ला / सर्केगाड गाउँपालिका–३ को उनापानी गाउँमा यही असार १ गते भएको आगलागीमा एक करोड बराबरको क्षति भएको छ ।

आइतबार राति ११ बजे लागेको आगलागीबाट एक करोड क्षति भएको विवरण संकलन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

आगलागीबाट ८ वटा घर नजेर नष्ट हुदाँ अनुमानित एक करोड बराबरको क्षति भएको जनाइएको छ । पशुवस्तु क्षति नभएको तर घर र घरभित्र रहेको एक करोड बराबरको सम्पति गरी एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

आगलागी हुँदा घरमा भएका अन्नपात, भाँडाकुडा, लिउ, फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ ।

सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली र स्थानीयबासीहरू मिलेर आगो नियन्त्रण लिएको डीएसपी पोखरेलले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -