२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इरान–इजरायलबीच भीषण युद्ध जारी

अमेरिकी हस्तक्षेप रहस्य – ट्रम्पको आक्रमण चेतावनी
प्रकाशित मिति : २०८२ असार ५ गते
file photo

काठमाडौं / इरान र इजरायलबीच जारी भीषण द्वन्द्वले विश्वको ध्यान खिचिरहेका बेला अमेरिकी सहभागिताको विषयले परिस्थितिलाई थप गम्भीर र अनिश्चित बनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य हस्तक्षेपबारे अन्तिम निर्णय भइनसकेको बताए पनि एक गोप्य निर्णयलाई भने अनुमोदन गरिसकेको खुलासा भएको छ, जसले मध्यपूर्वमा अमेरिकी रणनीतिको रहस्य थप गहिरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकी सञ्चारमाध्यम ‘वाल स्ट्रिट जर्नल’ले पहिलो पटक सार्वजनिक गरी ‘सिबिसी न्युज’ले समेत पुष्टि गरेको समाचार अनुसार राष्ट्रपति ट्रम्पले इरान-इजरायल मामिलामा अमेरिकी कदमबारेको एक योजनालाई स्वीकृत गरिसकेका छन् । यद्यपि, उनले यसको औपचारिक घोषणा गर्न बाँकी राखेका छन्, जसले गर्दा ह्वाइट हाउसको आगामी कदमबारे विश्वव्यापी चासो र अनुमान बढेको छ ।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो स्वभावअनुसारै अनिश्चित तर कडा चेतावनी दिए। उनले भने, “म गर्न पनि सक्छु, नगर्न पनि सक्छु । यो कसैलाई थाहा छैन ।” उनले थपे, “यदि मैले आक्रमण सुरु गरेँ भने इरान बाध्य भएर वार्तामा आउनेछ ।” उनको यो भनाइले अमेरिकाले सैन्य कारबाहीलाई इरानमाथि दबाब सिर्जना गर्ने रणनीतिक हतियारको रूपमा प्रयोग गर्न खोजेको स्पष्ट सङ्केत गर्छ ।

विश्वको ध्यान यस घटनाक्रममा केन्द्रित हुँदा पनि दुई देशबीचको तनाव मत्थर भएको छैन । बुधबार राति पनि दुवै पक्षले एकअर्काविरुद्ध आक्रमण जारी राखेका थिए, जसले स्थितिको गम्भीरतालाई उजागर गर्छ ।

यसैबीच, बढ्दो तनावलाई कूटनीतिक माध्यमबाट समाधान गर्न अन्तर्राष्ट्रिय पहल पनि सुरु भएको छ । इरान, रुस, चीन, पाकिस्तान र अल्जेरियाले युद्ध अन्त्यका लागि वार्ताको प्रस्ताव गरेपछि अमेरिकाले शुक्रबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको छ। यो बैठकले द्वन्द्व समाधानका लागि कूटनीतिक मार्ग पहिल्याउन सक्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45