२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल अन्तिम खेलमा उपविजेता, उपाधि उचाल्ने सपना अधुरै

प्रकाशित मिति : २०८२ असार ७ गते
File photo.

काठमाडौं / त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको निर्णायक खेलमा स्कटल्याण्डसँग ३४ रनले पराजित भएपछि नेपाल उपाधि जित्नबाट चुकेको छ । स्कटल्याण्डको एडिनबर्गमा शुक्रबार राति सम्पन्न खेलमा नेपालले १९४ रनको चुनौती पछ्याउँदा १८.५ ओभरमा १५९ रनमै समेटिन पुग्यो ।

नेपालका लागि युवा अलराउन्डर रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ३ छक्का र १ चौकासहित अविजित ४३ रन जोडे । तर उनको प्रयास टिमलाई जितसम्म पुर्याउन पर्याप्त भएन । दीपेन्द्र सिंह ऐरीले ३४, कप्तान रोहित पौडेलले २७ रन बनाए । अन्य ब्याटर भने खासै टिक्न सकेनन् ।

- ADVERTISEMENT -

Advertisement

स्कटल्याण्डका बलर क्रिस ग्रेभ्स प्रभावशाली रहे । उनले चार ओभरमा २७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आयोजक स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो । ओपनर जर्ज मुन्सेले ३९ बलमा ६ छक्का र ५ चौका प्रहार गर्दै शानदार ७८ रनको इनिङ खेले । ब्रेण्डन म्याक्मुलेनले ४२, माइकल लिस्कले २६, र म्याथ्यू क्रसले अविजित १७ रन थपे ।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए भने सन्दीप लामिछाने, रुपेश सिंह, र ललितनारायण राजवंशीले एक–एक विकेट हात पारे ।

चार म्याचको यो सिरिजमा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सले समान २–२ खेल जिते र २–२ मा पराजित भए । तर नेट रन रेटमा स्कटल्याण्डले अग्रता लिँदै उपाधि उचाल्यो, जबकि नेपाल रन रेटमा पछि पर्दै उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45