२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विवाह समारोहमा अन्धाधुन्द गोलीको वर्षा

बेहुलीको मृत्यु, बेहुलासहित दुई गम्भीर
प्रकाशित मिति : २०८२ असार ९ गते

फ्रान्स / दक्षिण–पूर्वी फ्रान्सको एक रमणीय गाउँमा विवाहको खुसीयाली क्षणभरमै मातममा परिणत भएको छ । एभिन्योन नजिकैको गुल्ट गाउँमा आइतबार बिहानै एक विवाह समारोहमा भएको अन्धाधुन्ध गोलीकाण्डमा २७ वर्षीया बेहुलीको ज्यान गएको छ भने २५ वर्षीय बेहुला र एक १३ वर्षीय किशोर गम्भीर घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान करिब ४.३० बजे, विवाह समारोह सम्पन्न भएपछि सामुदायिक भवनबाट बाहिरिँदै गरेका नवविवाहित जोडीमाथि मास्क लगाएका हतियारधारी समूहले अन्धाधुन्ध गोली वर्षाएको थियो । घटनामा एक आक्रमणकारीको पनि मृत्यु भएको पुष्टि भएको छ । सुरुमा बेहुला–बेहुली सवार कारले ठक्कर दिएर आक्रमणकारीको मृत्यु भएको बताइए पनि एभिन्योनकी अभियोजक फ्लोरेन्स गाल्टिएरले उनको मृत्यु पनि गोली लागेरै भएको स्पष्ट पारेकी छन् ।

- ADVERTISEMENT -

Advertisement

फ्रान्सेली सञ्चारमाध्यमहरूले यो घटनालाई लागूपदार्थको कारोबारसँग सम्बन्धित पुरानो दुस्मनीको परिणाम हुनसक्ने आशङ्का गरेका छन् । प्रहरीले यसलाई हत्या र हत्या प्रयासको घटनाका रूपमा दर्ता गरी अनुसन्धानलाई तीव्रता दिएको छ ।

आक्रमणकारीहरू कारमा आएका थिए तर घटनापछि पैदलै फरार भएका थिए । उनीहरूको खोजीका लागि दर्जनौँ प्रहरी र हेलिकप्टर परिचालन गरी त्यस क्षेत्रमा व्यापक तलासी अभियान चलाइएको छ । घटनाका बेला सामुदायिक भवनमा २८ जना उपस्थित थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45