Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा पहिलोपटक लेजर प्रविधिबाट भेरिकोस भेनको उपचार

प्रकाशित मिति : २०८२ असार ९ गते

चितवन / भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित समिट हेल्थकेयर अस्पतालले भेरिकोस भेन र पायल्सको उपचार सेवा शुरु गरेको हो । अस्पतालले चितवनमा पहिलोपटक लेजर प्रविधिबाट भेरिकोस भेन र पायल्सको उपचार शुरु गरेको हो ।

अस्पतालका प्रबन्ध निर्देशक डां गौरव न्यौपानेले विरामी र सेवाग्राहीको सहजताका लागि यस किसिमको उपचारको लागि बाहिर जान नपरोस भन्ने उद्धेश्यले लेजर प्रविधि शुरु गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

‘यो अस्पतालमा हामीले प्रविधिमैत्री र विशेषज्ञ डाक्टरहरु सहितको सेवालाई प्राथमिकता दिएका छौं, डा. न्यौपानेले भने, यो प्रविधिले विरामीहरुको समय र अतिरिक्त खर्चको पनि बचत हुन्छ ।’

पछिल्लो समय खानपान र जीवनशैलीका कारण पायल्स र भेरिकोस भेनका बिरामीहरु पनि बढ्दै गएकोले यो प्रविधि भित्रयाईएको उनले जानकारी दिए । उनका अनुसार लेजर प्रविधिबाट उपचार गर्दा विरामीलाई कम दुखाई र उपचार बढी प्रभावकारी हुन्छ । अस्पतालमा भेरिकोस भेनको लेजर प्रविधि भित्रिएपछि परीक्षणको लागि बिरामीहरु आउने गरेको डा. न्यौपानेले बताए ।

- ADVERTISEMENT -

Advertisement

भेरिकोस भेन घँडुडाभन्दा तल र पैताला भन्दा माथी नशा फुलेर छाला कालो हुने गर्दछ । शरीरमा बग्ने फोहोर रगत खुट्टामा जम्ने र पछि गएर छाला पोल्ने चिलाउने लक्षण देखापर्दछ । चिकित्सकका अनुसार धेरै बेरसम्म उभिएर काम गर्ने व्यत्तिm, गर्भावस्थाका विरामी, मोटोपन तथा बंशाणुगत गुणका कारणले यो समस्या हुने गर्दछ ।

के हो लेजर प्रविधि ?
सूचना प्रविधिको आजको युगमा बिरामीहरुको विभिन्न अंगमा गरिने शल्यक्रियालाई लेजर प्रविधिबाट गर्ने गरिएको छ । यो प्रविधि बिशेष प्रकारको प्रकाश प्रविधि हो । यो प्रकाशले विरामीको असर परेको अंगमा विकिरणको माध्यमद्धारा शल्यक्रिया गर्ने गरिन्छ । हाल लेजर प्रविधिबाट आंँखा, नाक कान घांँटी, मृगौलाको पत्थरी, ब्रेन ट्युमर, पाठेघर लगायतका अंगहरुमा यो प्रविधिको प्रयोग गरिंँदै आएको छ ।

समिट हेल्थकेयर अस्पतालमा यसका साथै विशिष्टिकृत सेवा अन्र्तगत अर्थोपेडिक र ट्रमा, अवेष्ट्रिक्स र गाइनोकोलोजी , जनरल मेडिसिन, जनरल सर्जरी, इएनटी, रेडियो डाइगोनोसिस एण्ड इमेजिङ, एनेस्थेसिया, प्याथोलोजी लगायतका सेवाहरु उपलब्ध छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51