२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवघाटमा फोनिज चितवनद्वारा दुई दिने क्षमता विकास तालिम

प्रकाशित मिति : २०८२ असार १३ गते

देवघाट / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले देवघाट गाउँपालिका वडा नं. १ कोटाका स्थानीयालाई क्षमता विकास तथा निर्णय लेखनलगायतको विषयमा प्रशिक्षण दिएको छ । देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा गोपीटार सामुदायिक होमस्टेमा दुई दिने प्रशिक्षण गरेको हो ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि बोल्ने बानीको विकाससँगै संस्थाको नेतृत्व र बैठकलगायतका विषयलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङले जानकारी दिए । विशुद्ध आदिवासी जनजाति समुदाय भएको ठाउँमा कार्यक्रम आयोजना गरेर ग्रामीण क्षेत्रका स्थानीयलाई पनि बोल्ने कलाको विकासमा टेवा पु¥याउन सकिने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले फोनिज चितवनले तनहुँ जिल्लाको देवघाट क्षेत्रको विकासका निम्ती महत्त्वपूर्ण योगदान दिँदै आएको बताए । सोही क्रममा यस वर्ष देवघाट गाउँपालिकाले फोनिज चितवनसँग सहकार्य गरेर काम गरेको उनले बताए । ‘फोनिज चितवनका साथीहरुले देवघाट गाउँपालिकाको पाँच वटै वडाको विभिन्न स्थानमा पुगेर समाचार सङ्कलन गर्ने, प्रकाशन तथा प्रशारण गर्नेलगायतका काममा राम्रो योगदान दिएको छ,’ उनले भने, ‘त्यसकारण जिल्ला फरक भए पनि हाम्रो काम गर्ने थलो एकै ठाउँमा भएको मैले महुसुस गरेको छु ।’

आगामी दिनमा पनि फोनिज चितवन र देवघाट गाउँपालिकाबीचको सहकार्य जारी रहने बताउँदै दोहोरो सम्बन्ध जुनसुकै बेला पनि अपरिहार्य हुने उनको भनाइ छ । कोटा, गोपीटार, बसेनी, भतेरी, कालीटारलगायत आसपासका गाउँका करिब ६० जना स्थानीयको सहभागीता रहेको कार्यक्रममा फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी र वर्तमान अध्यक्ष तुलमान गुरूङले विभिन्न शीर्षकमा प्रशिक्षण दिए । बुधबारबाट सुरु भएको प्रशिक्षण बिहीबार सकिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45