२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संघीय निजामती विधेयक पारित गर्ने प्रक्रियामा आज

प्रकाशित मिति : २०८२ असार १५ गते
- ADVERTISEMENT -

काठमाडौँ / मुलुकको प्रशासनिक संघीयता कार्यान्वयनको गाँठो फुकाउने अपेक्षा गरिएको ‘संघीय निजामती सेवा विधेयक’ लामो समयको प्रतीक्षा र राजनीतिक रस्साकस्सीपछि अन्ततः आज (आइतबार) प्रतिनिधिसभाबाट पारित हुने प्रक्रियामा प्रवेश गर्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको हो ।

संविधान जारी भई मुलुक संघीय संरचनामा गएको लामो समय बितिसक्दा पनि प्रशासनिक संघीयताको प्रमुख आधार मानिने यो ऐन बन्न नसक्दा प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन अस्तव्यस्त बन्दै आएको थियो । कर्मचारी समायोजन, पदपूर्ति, सरुवा(बढुवा र वृत्ति विकासमा देखिएको अन्योल हटाउन यो विधेयकलाई महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि यही असार ३ गतेको बैठकमा विधेयक पारित गर्ने कार्यसूची तय भए पनि अन्तिम समयमा दलहरूबीच पूर्ण सहमति जुट्न नसक्दा रोकिएको थियो । तर, आज भने विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने गरी कार्यसूची तय भएकाले यसले मूर्तरूप पाउने सम्भावना प्रबल बनेको छ ।

आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रस्तावमाथि सांसदहरूले बोल्ने क्रम सकिएपछि मन्त्री गुप्ताले जवाफ दिनुहुनेछ र त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -