Opens in a new tab
२०८३ आश्विन २६, सोमबार
October 12, 2026
२०८३ आश्विन २६, सोमबार
October 12, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर–२ मा २२ दिने कपाल काट्ने तालिमको समापन

प्रकाशित मिति : २०८२ असार १७ गते

चितवन / भरतपुर महानगरपालिका वडा नम्बर २ मा २२ दिने कपाल काट्ने तालिम सम्पन्न भएको छ । वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ ।

वडाले युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य सहित कपाल काट्ने आधारभुत तालिम दिएको हो । तारा व्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको सहकार्यमा पहिलो चरणमा ८ जना वडाका युवाहरुलाई तालिम दिईएको अध्यक्ष मनोज रानाभाटले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

‘हामीले देशमै केही गरौं भन्ने युवालाई लक्षित गरी तालिम दिएका हौं, यसले त्यस्ता युवाहरुको परिवारलाई आयआर्जनमा जोड्न पनि मदत पुग्छ ।’ अध्यक्ष रानाभाटले भने । रानाभाटका अनुसार तालिम लिएका मध्ये एकजना युवालाई यो आर्थिक बर्षमा पसल सञ्चालन गर्न सैलुनमा चाहिने सामाग्री पनि निःशुल्क उपलब्ध गराइनेछ ।

‘यो आर्थिक बर्षमा यो वडामा पसल गर्न चाहने एकजना युवालाई सैलुनमा चाहिने सबै सामाग्री उपलब्ध गराउंँछौ उनले भने, अर्को वर्ष फेरी अर्को युवालाई दिनेछौं । ’तालिममा ट्रेनिङ्ग सेन्टरका तारा गुरुङ्ग र सन्तोष ठाकुरले प्रशिक्षण दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

सो अवसरमा बोल्दै प्रशिक्षक ठाकुरले तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई सैदान्तिक तथा व्यवहारिक तालिम दिएको बताए । प्रशिक्षक ठाकुरले वडा नम्बर २ मा रहेका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरुको कपाल काटिएको जानकारी दिए ।

प्रशिक्षार्थी दिपक तामाङ्गले यही पेशा अपनाउन तालिम लिएको बताए । आगामी दिनमा वडाबाटै एडभान्स तालिम पाउने अपेक्षा गरेको उनको भनाई थियो । तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । वडा सदस्य बेलपत्र श्रेष्ठले स्वागत मन्तव्य दिनुएका थिए भने वडा सचिव सचीव तारा लम्सालले सञ्चालन गरिन् ।

कार्यक्रममा वडा सदस्यहरु परशुराम पौडेल, बलराम सिटौला, उर्वशी गोतामे, वडाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष मनोज रानाभाटको सभापतित्वमा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80