चितवन / भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले आफ्नै पैसाले कुखुराका चल्ला वितरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वडामा रहेका न्युन आय भएका परिवारलाई प्रतिघर १० देखि २५ वटा चल्ला बांडेका हुन् ।
रानाभाटकै रोयल पोल्ट्री ब्रिडिङ्ग एण्ड कृषि फार्मको १५ औं स्थापना दिवसको अवसर पारेर १० हजार गोटा चल्ला वितरण गरिएको उनले जानकारी दिए ।
- ADVERTISEMENT -

‘म एउटा व्यवसायी , किसान पनि हुंँ । मेरो फार्मबाट निकालिएको चल्ला वितरण गरेको हुंँ, आंपटारीका न्यून आय भएका परिवारलाई आयआर्जनका लागि दिएको हुंँ’ रानाभाटले भने । ‘पहिलो चरणमा तीनवटा टोलका करीब ४०० बढी घरधुरीलाई बांँडिएको र आगामी दिनमा थप घरधुरीलाई बाड्दै जाने उनले बताए । वशेषगरी गृहणी महिलाको दैनिकीलाई सहयोग पुगोस भन्ने हेतुले चल्ला वितरण गरिएको रानाभाटको भनाई छ ।
स्थानीय बीरबहादुर तामाङ्गले चल्ला पाएपछि आफु निकै खुशी भएको र यसले आफ्नो दैनिकीमा सहयोग पुग्ने बताए । वडाअध्यक्षको कामको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।
- ADVERTISEMENT -

यसअघि पनि रानाभाटको नेतृत्वमा यस टोलमा राहत वितरण गरिएको थियो । चल्ला वितरण कार्यक्रममा वडा सदस्य, टोलसुधारका प्रतिनिधि, समाजसेवी, अगुवा लगायतका सहभागिता रहेको थियो ।















































