२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

एएफसी महिला एसियन कप : नेपाल श्रीलंकासँग भिड्दै

प्रकाशित मिति : २०८२ असार १८ गते

काठमाडौं / एएफसी महिला एसियन कप छनोटमा नेपालले आज (बुधबार) श्रीलंकासँग खेल्दैछ ।

खेल उच्वेकिस्तामा साँझ सवा ६ बजे सुरु हुनेछ । खेलमा श्रीलंका उच्वेकिस्तानसँग १०–० गोलले पराजित टोली हो भने नेपालले लाओसलाई ९–० गोलले हरायो ।

- ADVERTISEMENT -

Advertisement

उज्वेकिस्तानमा आइतबारबाट सुरू भएको समूह ‘एफ’को छनोटमा नेपालले रवाफिलो प्रदर्शन गर्दै लाओसलाई ९-० ले पराजित गरेको थियो। यो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।

छनोटमा नेपालले अब आगामी शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्ने तालिका छ । यो खेलको कप्तानी सावित्रा भन्डारीले सम्हालेकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) लाओसविरूद्धको खेल सुरू हुनु केही बेरअघि मात्र सावित्रालाई कप्तान घोषणा गरेको हो ।

नेपालले सन् १९८६ बाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरू गरेको थियो । सो बेला रमा सिंहले नेपाली टिमको नेतृत्व गरेकी थिइन् । त्यसपछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भन्डारी, अनु लामा, सजना राना मगर, रेनुका नगरकोटी, निरू थापाले आर्म ब्यान्ड लगाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -