चितवन / शैक्षिक गन्तव्यको परिचय पाएको चितवनमा गुरूकूल कलेज स्थापना भएको तीन दशक बितिसकेको छ । यति लामो इतिहासमा गुरूकूलले धेरै विद्यार्थीको भविष्य निर्माणमा योगदान दिइसकेको छ । यसवर्ष पनि भरखरै मात्रै एसइईको नतिजा सार्वजनिक भएको छ । उच्च शिक्षाको लागि मुख्य गन्तव्य बनाउन सफल गुरुकूलले विद्यार्थीको क्षमता र पृष्ठभूमि हेरेर छात्रवृत्तिसमेत प्रदान गर्दै आइरहेको छ । गुरूकूलले विद्यार्थीहरुको भविष्य निर्माणको लागि आवश्यकताअनुसार सुधारका कार्यक्रमसमेत लागू गर्दै आइरहेको कलेजले जनाएको छ ।
सोही क्रममा हाल ३० वर्षको शैक्षिक उत्कृष्टता पूरा गर्दै नयाँ ऊर्जावान र गतिशील टोलीको थप शक्तिको साथ अनुसन्धान, नवप्रवर्तन र रूपान्तरणको आदर्श वाक्यका साथ सिकाइको नयाँ मोडेल स्थापित गरेको कलेजका प्राचार्य टीकाराम चापागाईँले बताए । पूर्व–चिकित्सा र पूर्व–इन्जिनियरिङ, लेखाका प्याकेज कक्षाहरू, कर्पोरेट जगतका विभिन्न प्रतिष्ठित व्यक्तित्व तथा उद्यमीहरूसँग अन्तरक्रियात्मक कक्षाहरूका साथै क्षेत्र भ्रमणजस्ता थप व्यावहारिक एवम् परियोजनामा आधारित सिकाइ प्रदान गर्ने काममा गुरूकूल सधैँ अगाडि रहेको उनले बताए ।
- ADVERTISEMENT -

भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै रहेको कलेज चितवनकै पहिलो विज्ञान कलेज हो । नवीनतम प्राविधिक ज्ञान, अनुशासन र मर्यादाको प्लेटफर्मको रूपमा विकास गर्ने उद्देश्यसहित स्थापना गरिएको कलेज आज उच्च गुणस्तरीय एवम् योग्य शिक्षाविद्, प्रतिष्ठित सामाजिक कार्यकर्ताहरूद्वारा संरक्षित र सञ्चालित कलेजको रूपमा स्थापित भइसकेको कलेजका निर्देशक हरिहर भुसालले बताए । ‘गुरूकुल अब विज्ञान र व्यवस्थापन कार्यक्रमहरूमा ‘ब्रान्ड’ बनिसकेको छ,’ उनले भने, ‘हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयहरूमा अग्रणी स्थान प्राप्त गर्न सक्षम छौँ । रचनात्मक र अनुशासित विद्यार्थी उत्पादन गर्नमा सधैं प्रतिबद्ध छौँ ।’ एमबीबीएस प्रवेश परीक्षामा देशकै दोस्रो चितवनको गौरव भएको र काठमाडौंका उत्कृष्ट कलेजहरुसँग प्रतिस्पर्धा गर्दै आएको कलेजको दावी छ ।
गहन सामग्री, ज्ञान, सांस्कृतिक क्षमता र संवेदनशीलता प्रदर्शन गर्ने दक्ष जनशक्ति तयार गर्नुका साथै विविध सिकाइने अवसर प्रदान गरेर राष्ट्रियस्तरमै एउटा सर्वोच्च शैक्षिक संस्थाको रूपमा थप विकास गर्ने परिकल्पनासहित कलेजले आवश्यकताअनुसार सुधारका कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।
विद्यार्थीहरूको रोजाइअनुसारका सङ्काय, आधुनिक तथा फराकिलो कक्षाकोठा, मनो–सामाजिक परामर्श, सह–पाठ्यक्रम गतिविधि जस्ता आवश्यकतालाई सम्बोधन गर्दै आएको गुरुकूल कलेज सञ्चालक समितिका अध्यक्ष नवीन भण्डारी बताउँछन् । गुरुकुलले उचित मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गर्दै उनले भने, ‘आफ्नो लामो शैक्षिक यात्रामा, गुरूकुलले हजारौं कुशल र दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । त्यसकारण हाम्रा विद्यार्थीहरुमध्ये करिब ४५ देखि ५० प्रतिशतले अन्तर्राष्ट्रियस्तरमै छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । हाम्रै विद्यार्थी समीप अर्याल वल्र्ड ¥याङ्क–१ मा पर्न सफल भएका छन् ।’
यस्तो खालको सफलताले कलेज परिवारमा थप उत्साह जागेको उनको भनाइ छ । तसर्थ शिक्षण सिकाइ वातावरणलाई सहज बनाउनको लागि राम्रो पूर्वाधार, कुशल यातायात सुविधा, बारम्बार अतिरिक्त–पाठ्यक्रम र सह–पाठ्यक्रम गतिविधिहरू समेत प्रदान गर्दै आएको अध्यक्ष भण्डारीले दाबी गरे ।
























