२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति : २०८२ असार २० गते

चितवन / रत्ननगर नगरपालिका–८ चित्रसारीस्थित बुढी राप्ती खोलामा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ ।

बिहीबार राति ९ बजेको समयमा खोलामा माछा मार्न गएका २७ वर्षीय अबिशेक माझीलाई गोहीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

अबिशेकसँगै माछा मार्न गएका ४५ वर्षीय राजकुमार माझी भने सकुशल रहेको खनालले बताए । गोहीको आक्रमणमा परेका अबिशेकको शव राति १ः२० बजेको समयमा घटनास्थलबाट करिब २०० मिटर तल फेला परेको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -