२०८२ असार ३०, सोमबार
July 14, 2025
२०८२ असार ३०, सोमबार
July 14, 2025 Monday

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच मुठभेड

६ प्रहरी घाइते, चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार
प्रकाशित मिति : २०८२ असार २० गते
file photo

जनकपुरधाम / धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काले जानकारी दिए । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो ।

- ADVERTISEMENT -

Advertisement

उनकाका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको टोली पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमण गरेका थिए ।

सो क्रममा जवाफी कारबाही गर्ने क्रममा सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -