२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

एएफसी महिला एसियन कप : आज निर्णायक भिडन्त गर्दै नेपाल र उज्वेकिस्तान

प्रकाशित मिति : २०८२ असार २१ गते

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली इतिहास रच्ने सबैभन्दा ठूलो अवसरको संघारमा उभिएको छ । 

एएफसी महिला एसियन कप २०२६ छनोटको यात्रामा आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले आज (शनिवार) घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ ।

- ADVERTISEMENT -

Advertisement

तासकन्तको मैदानमा नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुने यो खेलको नतिजाले अस्ट्रेलियामा हुने एसियन कपका लागि एक टोलीको भाग्य निश्चित गर्नेछ । समूह ‘एफ’ मा रहेका नेपाल र उज्वेकिस्तान दुवैले अहिलेसम्म शतप्रतिशत नतिजा निकालेका छन् । 

दुवै टोलीले समान २ खेलबाट ६ अंक जोडेका छन्, समान १७ गोल गरेका छन् र सबैभन्दा महत्त्वपूर्ण, दुवैले एउटा पनि गोल खाएका छैनन् । यही अपराजित यात्रा र समान तथ्यांकले आजको खेललाई ‘गर या मर’ को स्थितिमा पुऱ्याएको छ । विजेताले सोझै एसियन कपको प्रतिष्ठित मञ्चमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

फिफा वरीयतामा नेपालभन्दा ४९ स्थान माथि रहेको उज्वेकिस्तान (५१ औं) घरेलु मैदानको फाइदा उठाउँदै नेपालमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्न चाहन्छ । नेपाल हाल १०० औं वरीयतामा छ । विगतको नतिजाले पनि उज्वेकिस्तानलाई नै बलियो देखाउँछ । यी दुई टोलीबीच भएका तीन भेटमा नेपालले जितको स्वाद चाख्न सकेको छैन । उज्वेकिस्तानले ११ गोल गर्दा नेपालले केवल ३ गोल फर्काएको छ ।

सन् २०१९ को नादेज्दा कपमा नेपालले उज्वेकिस्तानसँग दुईपटक हार व्यहोरेको थियो, समूह चरणमा २-० र फाइनलमा ३-२ ले । फाइनलको त्यो हार भने स्मरणीय थियो । ३-० ले पछि परेको स्थितिमा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गर्दै नेपाललाई खेलमा फर्काउने सङ्घर्ष गरेकी थिइन् । त्यो जुझारु प्रदर्शनले नेपाली टोलीलाई आज विगतको नतिजा उल्ट्याउन थप प्रेरणा दिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -