काठमाडौं / पेरिस सेन्ट–जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ । रियल मड्रिडलाई बुधवार ४–० ले हराउँदै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो ।
पिएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे । अब पिएसजीले आइतबार चेल्सीसँग फाइनल खेल्नेछ ।
- ADVERTISEMENT -






















