काठमाडौं / जल तथा मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरेसँगै सरकारले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित मौसमजन्य विपद्लाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक लामो यात्रामा ननिस्कन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध यरेका छन् ।
आइतबार बिहानै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ ।’
- ADVERTISEMENT -

उनले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न र आवश्यक सबै तयारीका साथ रहन सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका छन् ।
















































