– राजेश रुम्बा लामा
चितवन । कालिका नगरपालिका वडा नं. ४ का १२ वर्षीय सुप्रिम महतोको गत एक महिनादेखि अस्पतालकै बास भएको छ । हजुरआमा र बुर्वा हरिलाल महतोसँगै बस्दै सुप्रिमले उपचार खर्च दिन नसक्दा एभरेष्ट अस्पतालले उनलाई घर जान रोक लगाएका छन् ।
- ADVERTISEMENT -

उनको रुखबाट खसेर देब्रे हात भाँचिएपछि हजुर बुवाले उपचारका लागि उक्त अस्पतालमा भर्ना गरेका हुन् । अषार १८ गते अस्पतालले ‘डिस्चार्ज’ दिए पनि उपचार र औषधि खर्च चुक्ता दबाब दिँदै आएका छन् ।
अस्पतालका सियो ऋषि राम पौडेलका अनुसार उनले फार्मेसी र अस्पतालको उपचार चार्ज ८० हजार बराबर तिर्न बाँकी छ ।
आर्थिक अवस्था कमजोर हजुरबुवाले अस्पताल त ल्याईपु¥याए तर उपचार पश्चात लागेको शुल्क जुटाउन आफन्त र स्थानीय सरकारको कार्यालयहरु पुगेर गुहार माग्दा पनि कतै सुनुवाई नहुँदा र सहयोग नजुटेको पौडेलले बताए ।
सुप्रिमलाई साँझ बिहान खाना खुवाउनलार्इ समेत कोही आफन्त नआइपुग्दा आफुले खाना ल्याएको गाँस काटेर नर्सहरु र अन्य बिमारी कुरुवाहरुले दिदै आएका छन् ।
कालिका नगरपालिका ४ का वडा प्रमुख मकरमान श्रेष्ठसंँ सम्पर्क राख्दा उक्त बालक आफुले चिनेको त हो तर कालिका ४ को नभई २ को बासिन्दा रहेको जानकारी दिए । तर जहाँको भए पनि हाम्रै बालबालिका रहेकोले बालकको उद्धार गर्नु पर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।
बिपन्न र असहाय बालबालिकाको हितको लागि विभिन्न कोष नै हुने हुँदा पिडित बालकलाई उद्धार गर्न पहल गर्ने समेत बताए । त्यसै गरि कालिका २ का वडा अध्यक्ष लक्ष्मण पौडेललाइै सम्पर्क राख्दा सो बालकको बारेमा केहि अपुस्ट खबर त हिजो मात्रै आफुले पाएको त हो तर समय अभाव र बालकको आफन्तले मौखिक वा लेखित केहि गुनासो आफ्नो कार्यालयमा नराखेको हुँदा आफुले गौण रुपमा लिएन तर आफु भोलि नै एभरेष्ट अस्पताल पुगेर जानकारी लिने र बालकको उदार गर्ने बताए ।
सुप्रिमका बुवा बितेको र आमा बिबाह गरेर अन्तै गएपछि हजुरआमा र बुर्वा हरिलाल महत्वसँगै बस्दै आएका छन् ।

















































