चितवन / चितवन उद्योग संघ, राप्ती समितिको अध्यक्षमा खिलप्रसाद घिमिरे र वरिष्ठ उपाध्यक्षमा राजेश रुम्बा लामा निर्वाचित भएका छन् । संघको सातौं वार्षिक साधारण–सभा तथा चौथो अधिवेशनबाट घिमिरे र लामा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा सुदर्शन जोशी, सचिवमा रामपुकार पाठक, कोषाध्यक्ष एवम् महिला अध्यक्षमा कृष्णमाया मानन्धर चयन भएका छन् ।
- ADVERTISEMENT -

यस्तैगरी कार्यसमिति सदस्य एवम् युवा अध्यक्षमा भुवानीश्वर रुवाली (प्रजित), कार्यसमिति सदस्यहरुमा नरमाया सेढाईं, रामप्रसाद सुवेदी, गोकुल सेढाई, निशान पौडेल निर्वाचित भएका हुन् ।
कार्यक्रममा राप्ती नगरपालिकाका वडा नं. ७ का वडाअध्यक्ष सुमिता डल्लाकोटी प्रमुख आतिथ्यता रहेको थियो ।
- ADVERTISEMENT -

कार्यक्रममा चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, चितवन उद्योग संघ, राप्ती पालिका समितिका निवर्तमान अध्यक्ष सुदिपकुमार ओली, राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली, राप्ती नगरपालिकाका वडा नं. २ का वडाअध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नं. ८ का वडाअध्यक्ष पूर्ण प्रसाद आचार्य, उद्योग वाणिज्य संघ, राप्तीका अध्यक्ष राजकुमार कँडेल, पालिका समितिहरुको तर्फबाट चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष सुवास चन्द्र गौतम लगायतले नवनिर्वाचित समितिलाई हार्दिक बधाईका साथै साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा राप्ती नगरपालिकाका सदस्य उद्योगहरु मध्ये कृषिमुलक उद्योगतर्फ महत्वपूर्ण योगदान पु¥याएकोमा साईनो पोल्ट्री प्रालिका सञ्चालक सुदर्शन जोशीलाई सम्मान गरिएको थियो ।
चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी निर्वाचन संयोजक र निर्वाचन सदस्यहरुमा राप्ती नगरपालिकाकी अधिकृत ललिता निरौला, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहेका थिए ।














































