२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘गुन्डागर्दी’विरुद्ध प्रहरीको अप्रेसन : चक्रे मिलनसहित ४७ जना पक्राउ

प्रकाशित मिति : २०८२ श्रावण १६ गते

काठमाडौं / प्रहरीले काठमाडौंका ठमेल र महाराजगञ्ज क्षेत्रमा मध्यरातमा विशेष अप्रेसन चलाएर गुण्डागर्दीमा संलग्न ४७ जनाभन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको छ । गुण्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’को जन्मदिन पार्टीमा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू भेला भएको गोप्य सूचनाको आधारमा प्रहरीले बिहीबार रातभर अप्रेसन चलाएको हो ।

काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको सादा पोशाकको संयुक्त टोलीले महाराजगञ्जस्थित साम्बाला होटलमा छापा मारी चक्रे मिलनलाई पक्राउ गरेको हो । जन्मदिन मनाउन भेला भएका अन्य व्यक्तिहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूको यकिन संख्या खुल्दै गरेको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

काठमाडौंका एसएसपी विश्व अधिकारीको नेतृत्वमा खटिएको टोलीले रेस्टुरेन्ट र रात्रि क्लबहरूमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो बढेपछि यो अप्रेसन चलाएको हो । उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले अवाञ्छित गतिविधिमा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

यसअघि चक्रे मिलन २०७४ वैशाख २६ मा पनि महाराजगञ्जबाटै पक्राउ परेर छुटेका थिए । यसैबीच, प्रहरीले बुधबार बिहान ३ बजेतिर ठमेलको नगरकोट दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ ‘सानुभाइ’लाई पनि पक्राउ गरेको छ । अर्को समूहसँग झगडा गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

नुवाकोट घर भई हाल टोखा बस्ने ३३ वर्षीय सानुभाइ प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी थिए । पक्राउ परेका सबैलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45